स्थानीय सरकार

‘एक घर एक धारा, एक करेशाबारी’को अवधारणालाई जोड दिंदै रैनादेवी छहरा‘

बुटवल । पश्चिम पाल्पामा अवस्थित रैनादेवी छहरा गाउँपालिका, पाल्पाले विभिन्न क्षेत्रमा अशल अभ्यास गर्दै पालिकाबासीलाई स्थानीय सरकारको अनुभूति दिलाउने गरी काम गरेको जनाएको छ । गाउँपालिकाका अध्यक्ष रुक्मागत भट्टाईले पालिकाले दुई वटा माध्यमिक विद्यालयमा विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै नर्शको व्यवस्था गरेका छौं । सुत्केरी आमालाई पोषणको लागि दुई हजार रुपैयाँको व्यवस्था, प्रारम्भिक बाल विकासका शिक्षकहरुलाई पाँच हजार रुपैयाँ थप गरी दिएका छौं । स्वास्थ्य स्वमसेवीलाई मासिक दुईसय ५० रुपैयाँ बृद्धि गरी पोसाक भत्ता र बीमाको व्यवस्था मिलाएका छौं । पालिकामा अध्ययनरत करिब पाँच हजार छ सय विद्यार्थीहरु मध्ये तीन हजार विद्यार्थीको दुर्घटना बीमाको व्यवस्था गर्नुको साथै नेपाल सरकारले कक्षा पाँच सम्मका विद्यार्थीलाई दिने १५ रुपैयाँ दिवा खाजामा पाँच रुपैयाँ थप गरी २० रुपैयाँ दिने गरेका छौं ।

एक घर एक धारा, एक करेशाबारीको अवधारणालाई अभियानको रुपमा सञ्चालन गरेका छौं । जीटुजी कार्यक्रम अन्र्तगत तीन वा तीन भन्दा धेरै गाईभैंसी पाल्नेलाई खरिदमा ५० प्रतिशत अनुदानको व्यवस्था, तरकारी, सुन्तलाजातका फलफूल, दुध लगायतका खेतीमा उत्पादनमा आधारित अनुदानको व्यवस्था, रैथाने बालीबस्तुमा उन्नतजातका बीउविजन निःशुल्क तथा सहुलियतमा वितरण जस्ता कृषि क्षेत्रमा ल्याईएका विभिन्न प्रोत्साहनका कारणले क्रमिक रुपमा कृषि पेशा प्रति आकर्षण बढ्नुको साथै उत्पादनमा पनि बृद्धि हुँदै गएको छ । बिरामीको चाप र सवारीसाधन उपलब्धमा देखिएको समस्या समाधान गर्न थप एम्बुलेन्सको व्यवस्था, एक्सरे र भिडीयो एक्सरे सञ्चालनमा ल्याउँदै छांै । भने, विशेषज्ञ डाक्टर सहितको आकस्मिक स्वास्थ्य सेवा प्रवाह सञ्चालनको तयारीमा रहेको छ’, अध्यक्ष भट्टराईले भने ।

त्यस्तै, पालिकाले चालु खर्च कम गर्दै पुँजीगत खर्चमा बृद्धि गर्न खर्चमा मितव्ययीता अपनाएको बताउँदै प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीले प्रशासनिक क्षमता विकास, कार्यान्वयनमा नआउने विभिन्न प्रकारका अनावश्यक तालिमहरु पूर्ण रुपमा बन्द गरेका छौं । पालिकाको काम बाहेकका भ्रमणहरु पनि स्थगित भएका छन् भने, आफ्नो काममा जाने तर भ्रमण भत्ता पालिकाबाट लिने कार्यलाई निरुत्साहित गर्दै उक्त व्यवस्थाको अन्त्य गरेका छौं । मेसिनरी औजार खरिद, परामर्श, पालिकाको सवारी साधन हुँदाहुँदै अनुगमन लगायत विभिन्न कार्यहरु गर्दा भाडामा सवारीसाधन लिएर पालिकालाई खर्चको व्ययभार थप्ने कार्यको अन्त्य गरेका छौं । विशेष गरेर विभिन्न शिर्षकहरुमा हुने अनावश्यक खर्च पूर्ण रुपमा कटौती गरी खर्चमा मितव्ययीता अपनाएको बताए ।

चालु आर्थिक बर्षमा कृषि, शिक्षा, स्वास्थ्य, खानपानी, पर्यटन लगायत विषयगत शाखाहरुबाट हुने कामहरु सञ्चालन भैरहेको जानकारी गराउँदै प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले आगामी आर्थिक बर्षको लागि नीति तथा कार्यक्रम र बजेटको विषयमा विभिन्न चरणमा विषयगत शाखा, जनप्रतिनिधी, कर्मचारी, टोल विकास संस्था, स्थानीय लगायतहरु सँग औपचारिक तथा अनौपचारिक रुपमा छलफल भएको बताए ।

चालु आर्थिक बर्षको लागि ५० करोड ४४ लाख ५५ हजार रुपैयाँ चालु खर्चतर्फ र २३ करोड ३४ लाख ६९ हजार रुपैयाँ पुँजीगत खर्चतर्फ विनियोजित भएको जानकारी गराउँदै लेखा अधिकृत लिलामणी बस्यालले कूल बजेटको ७० प्रतिशत वित्तीय प्रगति भएको बताए । चालु आर्थिक बर्षमा ठेकेदार मार्फत हुने भनिएका १०÷१५ प्रतिशत योजनाहरु ठेकेदारको कारणले सञ्चालन हुन नसक्दा शतप्रतिशत पुँजीगत खर्चमा समस्या आउने बताए । गाउँपालिकाको आन्तरिक आम्दानीतर्फ कूल एक करोड रुपैयाँ प्रक्षेपण गरिएकोमा हाल सम्म ९८ लाख रुपैयाँ उठिसकेको बताउँदै लेखा अधिकृत बस्यालले पालिकामा आन्तरिक आम्दानीको अवस्था कमजोर भएकोले संघ र प्रदेश सरकार सँग निर्भर हुनुको विकल्प नभएको बताए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Share via