कोशीप्रमुख समाचार

ओखलढुङ्गामा शृङ्खलाबद्ध हत्या र लुटपाट गर्ने गिरोह पक्राउ

अग्नि परीक्षा

ओखलढुङ्गा । जिल्लाको चिशंखुगढी र सिद्धिचरण नगरपालिकामा बीभत्स रूपमा हत्या तथा लुटपाट गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (CIB), कोशी प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको संयुक्त टोलीले तीन जनाको हत्यामा संलग्न ४ जना अभियुक्तहरूलाई सार्वजनिक गरेको हो ।

घटनाको पृष्ठभूमि गएको पुस १५ गते बिहान ८:०० बजे ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका-६, भदौरे गैरीगाउँमा किराना पसल सञ्चालक ६० वर्षीय शोभितमान थापा मगर र उनकी श्रीमती ६० वर्षीया रत्नमाया थापा मगरको बीभत्स हत्या भएको थियो। कोदालो र धारिलो हतियार प्रहार गरी उनीहरूको हत्या गरेपछि अभियुक्तहरूले शव गोठमा लगेर स्याउलाले छोपेका थिए। उक्त पसल र कोठाबाट १ लाख नगद, २ तोला सुनका गहना र ६ तोला काँचो सुन लुटिएको थियो।

पुरानो घटनाको पनि खुलासा अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिहरूले यसअघि असोज २६ गते राति सिद्धिचरण नगरपालिका-४, चार्खुकी ५२ वर्षीया एकल महिला रत्न कुमारी कटवाल (कार्की) को समेत हत्या गरेको स्वीकार गरेका छन्। उनीहरूले कटवाललाई बन्चरो प्रहार गरी हत्या गरेर नगद तथा सुनका गहना लुटेका थिए ।

पक्राउ परेका अभियुक्तहरू: प्रहरीले विभिन्न मितिमा निम्न व्यक्तिहरूलाई पक्राउ गरेको हो: १. संगम राई (मिलन): २८ वर्ष, चिशंखुगढी-३, दियाले (पुस १८ मा पक्राउ) २. विनोद राई: ३० वर्ष, चिशंखुगढी-४, रातमाटे (पुस १८ मा पक्राउ) ३. प्रकाश भुजेल: ३० वर्ष, चिशंखुगढी-४, रातमाटे (पुस १९ मा पक्राउ) ४. अशोक भुजेल (दोर्जे): ३० वर्ष, चिशंखुगढी-८, माम्खा (पुस १९ मा पक्राउ)

बरामद भएका दशी/प्रमाणहरू: प्रहरीले अभियुक्तहरूको साथबाट हत्यामा प्रयोग भएका हतियार र लुटिएका सामान समेत बरामद गरेको छ:

  • हत्यामा प्रयोग भएको १ थान बन्चरो र १ थान कोदालो ।

  • मृतक रत्न कुमारी कटवालको लुटिएको सुन गालेर बनाइएको ५.८० ग्रामको सुनको रिङ।

  • दोर्जे भन्ने अशोक भुजेलको घरबाट बरामद १ थान खुकुरी ।

  • लुटिएको रु. १०० को रिचार्ज कार्ड (विनोद राईको साथबाट) ।

  • २ नाल भरुवा बन्दुक र ४ थान मोबाइल ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Share via