संघीयता कार्यान्वयनमा आएसँगै कालिगण्डकी गाउँपालिकाका दर्जनौं विकास निर्माणका योजनाहरु सम्पन्न

पोसकान्त पोखरेल
बुटवल । कालिगण्डकी गाउँपालिका गुल्मीले संघीयता कार्यान्वयनमा आएर स्थानीय तह स्थापना भएसँगै विकास निर्माणको क्षेत्रमा दर्जनौं योजनाहरु सम्पन्न गरेको छ । गाउँपालिकाका अध्यक्ष बेद बहादुर थापाले सबै टोल तथा बस्तीहरुमा सडक पु-याउने, सडक स्तरोन्नती गर्ने, सामुदायिक विद्यालय तथा प्रस्तावित माविहरुमा प्रचलित कानुन अनुसार सेवासुविधा प्राप्त गर्ने गरी विषयगत शिक्षकको व्यवस्था, एक घर एक पिउने पानीको धाराको अभियान अन्तिम चरणमा, गाउँपालिकाको केन्द्र सम्म अप्ीटकल फाईबर जोड्ने काम सम्पन्न, स्वास्थ्य चौकीलाई प्रविधीमैत्री बनाउँदै लगिएको, वडा कार्यालयहरुमा नियमित विद्युत आपुर्तीको लागि सोलार व्याकअपको व्यवस्था, सामाजिक सुरक्षा भत्ता बैंक मार्फत वितरण, व्यवसायीक कृषकलाई उन्नतजातका वीउविजन, कृषि उपकरण लगायतका कृषि सम्बन्धी सामाग्रीहरु अनुदान तथा सहुलियतदरमा वितरण, बेमौसमी तरकारी उत्पादनका लागि मागमा आधारित टनेल वितरण, राष्ट्रपति शैक्षिक सुधारका कार्यक्रमहरु नियमित रुपमा सञ्चालन, पुर्तिघाट शान्तिपुर सडकखण्ड निर्माणको क्रममा क्षति भएका घरहरुलाई पुर्नवासको लागि राहत उपलब्ध गराउने कार्यको निरन्तरता, विपन्न व्यक्तिहरुलाई उपचारको लागि आर्थिक सहयोगको निरन्तरता, विपदबाट धनजनको क्षति भएका पालिकाबासीहरुको लागि राहत वितरण, लघुउद्यम विकास कार्यक्रमबाट ४८ जना महिलाहरुलाई उद्यमी बनाईएको, गरिब तथा जेहेन्दार विद्यार्थीको लागि उच्च शिक्षाको लागि छात्रवृत्ति प्रदान, बहुउद्देश्य सभाहल सञ्चालनमा, पालिकाको प्रशासकीय भवन निर्माणको कार्यको सुरुवात, नवजात छोरीको खातामा आमा संरक्षक रहने गरी पाँच हजार रुपैयाँ जम्मा गरिंदै आएको सम्भाव्यता अध्ययनको आधारमा कृषि ज्ञान केन्द्र सँगको समन्वय र साझेदारीमा कफी, सुन्त्ला, किवी, एभोकाडो लगायतका क्षेत्रको विकासमा प्राथमिकताका साथ कार्य सञ्चालन गरेको बताए ।
गाउँपालिकालाई सु–शासनयुक्त पालिकाको रुपमा विकास गर्न पालिकाले हरसम्भव कार्यहरुलाई प्राथमिकताका साथ गरेको बताउँदै अध्यक्ष थापाले ढिलासुस्ती अनियमिततालाई न्यूनिकरण गर्न सेवा प्रवाहलाई पारदर्शी, जनउत्तरदाही, सहभागितामूलक बनाउने, अनलाईन प्रणाली मार्फत दु्रत गतिमा गुनासो तथा समस्याहरुको सुनुवाई र सम्बोधन गर्ने, डिजिटल नागरिक वडापत्र कार्यान्वयनमा ल्याउने, शान्ति सुरक्षाको लागि ठाउँठाउँमा सिसिटिभी क्यामेरा जडान गर्ने, विकास निर्माणका कार्यहरुमा नागरिक सहितको सर्वपक्षीय समिति निर्माण गर्ने, स्थानीय तहबाट प्रदान गरिने सेवा प्रवाह भएनभएको नियमित अनुगमन गर्ने नभए गराउने, सेवा अभिलेखलाई डिजिटलाईजेशन गर्ने, उपभोक्ता समितिको क्षमता विकासको लागि सो सम्बन्धी तालिमको व्यवस्था गर्ने, गाउँपालिकाबाट हुने सेवा प्रवाहलाई एकिकृत घुम्ती शिविर मार्फत टोलटोलमा पु-याउने, पालिका भित्रका सबै पिउनेपानीका मुहानहरुको परीक्षण तथा शुद्धिकरण गर्ने व्यवस्था मिलाउने, लोप हुँदै गएका कला, संस्कृति, भेषभुषालाई पुस्तान्तहरण गर्न संरक्षण र प्रवद्र्धन गर्ने, कार्य क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गरी सेवा प्रवाहलाई चुस्त बनाई राख्ने, आवश्यकता र औचित्यको आधारमा सार्वजनिक वित्तको परिचालन गर्ने, पूर्वाधार विकास, पर्यटन प्रवद्र्धन, कृषि, पशुपालन, खानेपानी तथा सरसफाई, सिंचाई, शिक्षा र स्वास्थ्य क्षेत्रको गुणत्मक र प्रभाकारी विकासका लागि संघसंस्था, सरोकारवाला निकाय निजी क्षेत्र सँग आवश्यकता अनुसार सहकार्य गर्दै जाने रणनीतिमा गाउँपालिका रहेको बताए ।
विकास निर्माणको क्षेत्रमा गाउँपालिकाको सतही आधार पूर्णरुपमा निर्माण भएको जानकारी गराउँदै प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद मरासिनीले भौगौलिक विकटताको कारण विकास निर्माणमा केही चुनौतिहरु भएपनि क्रमिक रुपमा उक्त चुनौती सँग जुध्दै विकास निर्माणका कार्यहरु भैरहेको बताए । विशेष गरेर स्थानीय तहहरुमा बजेटको अभाव, प्रतिवद्धता अनुसार प्राप्ती नहुनु, नागरिकका आवश्यकता र चाहनाहरु बढी हुँदा ति आवश्यकता र चाहनाहरुलाई पुरा गर्ने श्रोत साधन सीमित हुनु जस्ता धेरै कारणहरु भएको बताए । गाउँपालिकामा आर्थिक विकासको प्रमुख सम्भावनाको क्षेत्र कृषि भएकोले कृषि क्षेत्रको विकासमा जोड दिईएको छ । कृषिमा रैथाने बाली तथा नगदेबाली बढी हुने गर्दछ । पछिल्लो समयमा किवी, एभोकाडो, सुन्तला लगायतमा फलफुल उत्पादनमा आमनागरिकको आकर्षण बढ्दो छ । बसाईसराई राष्ट्रिय रोग भएकोले एउटा स्थानीय तहले चाहेर मात्र सम्भव नहुने हुँदा राज्यस्तरबाट त्यसका लागि आवश्यक कार्यहरु गर्नु पर्ने देखिन्छ, प्रमुख प्रशासकीय अधिकृत मरासिनीले भने ।
गाउँपालिकाको विकासको लागि भू–बनोट अनुसार ग्रामीण सडकहरूको निर्माण र मर्मत, नदीहरूमा पुलहरू बनाएर यातायात सुविधा बढाउनु, पहिरो प्रवण क्षेत्रमा सुरक्षित सडकहरूको विकास गर्नु, खानेपानीका स्रोतहरूको पहिचान र व्यवस्थापन गर्नु, ग्रामीण विद्युतीकरण, सौर्य ऊर्जा र अन्य वैकल्पिक ऊर्जाका परियोजनाहरूको प्रवद्र्धन गर्ने, सार्वजनिक भवनहरू निर्माण र भूकम्परोधी डिजाइन अपनाउनु, स्कूलहरूको निर्माण र सञ्चालन, स्वास्थ्य चौकीहरूको विस्तार र स्वास्थ्य कर्मीहरूको व्यवस्था, पहाडी क्षेत्रमा दूरदराजका गाउँहरूमा मोबाइल स्वास्थ्य शिविरहरूको आयोजना कार्यान्वयनमा ल्याउनु, टनेल खेतीलाई प्रोत्साहन गर्नु, सिंचाइ प्रणालीहरूको विकास, बीउ–वितरण, माटो संरक्षण र जैविक खेतीलाई प्रोत्साहन गर्ने, पहाडी क्षेत्रका प्राकृतिक सौन्दर्यहरू जस्तैः हिमालयी दृश्य, पदमार्गहरूको आधारमा पर्यटन प्रवद्र्धन गर्ने, स्थानीय उत्पादनहरूको बजारीकरणमा व्यवस्था मिलाउने, होमेस्टे सञ्चालन गर्ने, युवाहरूलाई रोजगारीका लागि हस्तकला र कृषि–आधारित उद्योगहरूको विकास गर्ने, वन संरक्षण कार्यक्रमहरू, पहिरो नियन्त्रणका लागि भित्ताहरूको निर्माण र पुनः वनीकरण गर्ने जस्ता कार्यहरुले विकास निर्माणको क्षेत्रमा गर्न सकिने हुँदा संघीय र प्रदेश सरकारसँग सहकार्य गर्ने, स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्ने, डिजिटल प्रविधिहरूको प्रयोग गरी योजना र अनुगमन गर्ने, नियमित मूल्यांकन र रिपोर्टिङ गरी पारदर्शिता बढाउने जस्ता कार्यहरुमा प्रमुख प्रशासकीय अधिकृत मरासिनीको जोड रहेको छ ।
गाउँपालिकाको आर्थिक विकासका लागि सम्भावित क्षेत्रहरुको अध्ययन र कार्यान्वन भएको जानकारी गराउँदै लेखा अधिकृत होबनाथ पौडेलले गाउँपालिकाले चालु आर्थिक बर्षका लागि छुट्याईएका योजनाहरु कार्यान्वयनमा आउन सुरु भएको बताए । चालु आर्थिक बर्षका लागि कूल ५७ करोड ६३ लाख ६३ हजार रुपैयाँ विनियोजन भएको जानकारी गराउँदै लेखा अधिकृत पौडेलले उक्त विनियोजित बजेटले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पिउने पानी, सिंचाई, लघु उद्यमशिलताको विकास लगायतका चौतर्फी क्षेत्रहरुका योजनाहरु रहेको बताए । अधिकृत पौडेलले स्थानीय तहमा आन्तरिक आम्दानीका श्रोतहरु कम हुनेहुँदा श्रोत अनुमान प्रक्षेपण बढी गरिने र माथिका दुई सरकारबाट आउने भनेको वित्तीय हस्तान्तरण अन्र्तगतको रकम कटौती भएर आउँदा योजना सम्पन्न भएपनि कुनै कुनै आर्थिक बर्ष भुक्तानीमा अन्तिम समयमा दायित्व सार्नुपर्ने बाध्यतात्मक अवस्था हुने गरेको बताए ।




