समाचारसमाज

अतिविपन्न परिवारलाई शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा खाद्यन्न सहयोग

अग्नि परीक्षा
तिलोत्तमा । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले तिलोत्तमा नगरपालिका १४ का २० गते आइतबार अतिविपन्न परिवारलाई विभिन्न प्रकारका खाद्यन्न वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत तिलोत्तमा–१४ मै अवस्थित आफ्नो बनकट्टी शाखा कार्यालय मार्फत उक्त क्षेत्रका अति विपन्न घरपरिवारलाई उक्त खाद्यन्न वितरण गरेको हो ।

बैंकका बनकट्टी शाखाका शाखा प्रमुख यज्ञ प्रसाद न्यौपानेको अध्यक्षता, तिलोत्तमा–१४ का वडाध्यक्ष आश्विन पौडेलको प्रमुख आतिथ्यता तथा विभिन्न टोलविकास समितिमा अध्यक्षहरु लगायतको उपस्थितीमा वडाको देवीनगर मन्दिर परिषरमा भएको उक्त खाद्यन्न वितरण कार्यक्रममा बोल्दै वडाध्यक्ष पौडेलले बैंकले गरेको उक्त कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै यस्तै थप कार्यक्रमहरु गर्ने विश्वास व्यक्त गरे । बिहान खाए साँझ के खाने भन्ने सधै चिन्तामा रहने विपन्न घरपरिवारलाई पुषको अत्याधिक जाडोको समयमा काम गर्न नसक्ने अवस्थालाई मध्यनजर गर्दै खाद्यन्न वितरण गरिएकोमा बैंक प्रति आभारी व्यक्त गरे ।

 

कार्यक्रममा अध्यक्ष तथा बनकट्टी शाखाका शाखा प्रमुख यज्ञ प्रसाद न्यौपानेले लक्षित वर्गलाई आर्थिक उत्थानको लागि विभिन्न कार्यक्रमहरुबारे छलफल गर्दा सबैभन्दा उपयुक्त खाद्यन्न वितरण देखिएकोले केही समयको लागि भएपनि हाम्रो सहयोगले कसैको भोको तथा आधा पेट भरिन्छ भने गरौं न भन्ने उद्देश्यका साथ संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत खाद्यन्न वितरण गरिएको बताए । आगामी दिनमा थप कार्यक्रम गर्न र बैंक प्रति भएका सुझाव सल्लाह दिन आग्रह गर्दै शाखा प्रमुख न्यौपानेले समाज परिवर्तनको लागि सबैले सामाजिक उत्तरदायित्वलाई भुल्न नहुने बताए ।

बैंकका शाखाका कर्मचारी सोही शाखाका कर्मचारी कमल केसीको स्वागत मन्तव्य र रत्ना अर्यालको सञ्चालनमा सम्पन्न भएको उक्त खाद्यन्न वितरण कार्यक्रममा २० घरपरिवारलाई प्रति परिवार २५ केजी चामल, दुई केजी दाल, एक प्याकेट तेल र एक प्याकेट नुन वितरण गरिएको थियो जसबाट २० घरपरिवारका ७० भन्दा धेरै सदस्यहरु लाभान्वित भएका छन् ।

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Share via