प्रमुख समाचारलुम्बिनीस्थानीय सरकार
Trending

निर्धारित समयमै योजना सम्पन्न गर्ने कार्यमा जोड दिंदै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरु

पोसकान्त पोखरेल
बुटवल । चालु आर्थिक बर्षको पहिलो त्रैमासको दोश्रो महिना सकिनै लाग्दा धमाधम स्थानीय तहहरुले चालु आर्थिक बर्षका योजनाहरु कार्यान्वयनमा ल्याउन थालेका छन् । कतिपय स्थानीय तहहरुले योजना सम्झौता गरेर कार्यान्वयनमा ल्याईसकेका छन् भने कतिपय स्थानीय तहहरुले सम्भवतः मंसिर मसान्त भित्र योजना सम्झौता सम्पन्न गरेर पुष लाग्नसाथ कार्यान्वयनमा ल्याई बैशाख मसान्त सम्म सम्पन्न गर्ने कार्यलाई जोड दिएर कडाई गरेका छन् भने कतिपय स्थानीय तहहरुले मंसिर मसान्तसम्म योजना सम्झौता सम्पन्न नभएतापनि बर्खा नलाग्दै योजना सम्पन्न गर्ने कुरामा जोड दिएका छन् । तीनै स्थानीय तहहरुको लहरमा जनप्रतिनिधीहरु बीच र जनप्रतिनिधी कर्मचारी बीच कार्यसम्पादन तथा कानुनी बुझबुझारथमा कमी हुँदा समयमै योजना सम्पन्न गर्न सकिंदैनकी भन्ने चिन्ता पनि बढेको छ । भने अर्कोतिर आफ्नै तथा सीमित ठेकेदारलाई धेरै काम दिने प्रचलनले योजना कार्यान्वयनमा ढिलाई हुने कुरामा पनि केही स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरु चिन्तित छन् ।

रम्भा गाउँपालिका पाल्पाका प्रमुख प्रशासकीय अधिकृत बीर बहादुर पुनले चालु आर्थिक बर्षमा ठुला प्रकृतिका करिब २० वटा योजनाहरु रहेकोमा अधिकांस योजनाहरुको टेण्डर आव्हान भैसकेको जानकारी गराउँदै मंसिर मसान्त सम्म सबै योजनाहरु टेण्डर प्रक्रियामा गएर काम सुरु भैसक्ने बताए । चालु आर्थिक बर्षमा कर्भडहल, १५ सैयाको अस्पताल सञ्चालनमा आउनुका साथै गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्यले गति लिनु र र्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रमहरुले गाउँपालिकाको गौरव बढाउने दाबी गर्दै ‘स्मार्ट आमा’ कार्यक्रम, पोषणमैत्री कार्यक्रम, राष्ट्रपति रनिङशिल्ड, एकिकृत घुम्ति शिविर, ‘एक घर एक करेशा बारी’, प्रविधीमैत्री सेवा, जनआयस्तर बृद्धिका लागि सञ्चालनमा आउने विभिन्न योजनाहरुले पालिकाबासीलाई स्थानीय सरकारको प्रत्यक्ष अनुभूति मिल्ने गरी जनचाहना तथा आवश्यकताका क्षेत्रहरुलाई प्राथमिकताका साथ कार्यान्वयनमा ल्याएको बताए ।

त्यस्तै, चालु आर्थिक बर्षका लागि कार्यान्वयनमा आउने योजनाहरु मंसिर मसान्त सम्म सम्झौता गरेर कार्यान्वयनमा ल्याउने तयारीमा रहेको बताउँदै कञ्चन गाउँपालिका रुपन्देहीका प्रमुख प्रशासीय अधिकृत माधव पोख्रेलले चालु आवमा पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, उद्यमशिलताको विकास लगायत चौतर्फी क्षेत्रहरुका योजनाहरु रहेका छन् । दश लाख रुपैयाँ भन्दा माथिका योजनाहरु ई–विडिङ मार्फत गर्ने गरेका छौं भने एक लाख रुपैयाँ सम्मका योजनाहरुको सम्झौता वडा कार्यालयहरु मार्फत गर्दछौं । सबै क्षेत्रबाट कार्यसम्पादन हुँदा काम सम्पन्न गर्न खासै समय नलाग्ने हुँदा समयमै बर्खा नलाग्दै योजना सम्पन्न गर्न सबै सरोकारवालाहरुलाई निरन्तर ताकेता गर्ने रणनीति अवलम्बन गरेका छौं । छिटो योजना सम्पन्न गर्ने वडा कार्यालयलाई पुरस्कार स्वरुप थप योजना पनि दिनेकी भन्ने कुरामा पनि छलफल भएको छ । यदि त्यसो सम्भव भयो भने कार्यसम्पादनमा गाउँपालिकामा एउटा असल अभ्यासको सुरुवात हुन्छ । योजनाहरु आर्थिक बर्षको अन्त्य सम्म भ्याएपनि हुन्छ भन्ने सोचलाई अन्त्य गर्ने कोशिस गरेका छौं । यदि त्यसो हुन सक्यो भने समयमै अनुगमन गर्न सकिने, असार मसान्तमा कामको चाप कम हुने, गुणस्तरीय र प्रभावकारी ढंगले काम हुने हुँदा हाम्रो जोड पनि त्यसैमा रहेको छ । त्यसका लागि गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधीहरु, आमकञ्चनबासी सबैको साथ र सहयोगको आवश्यकता रहेको औल्याए ।

त्यसैगरी शुद्धोधन गाउँपालिका रुपन्देहीका प्रमुख प्रशासकीय अधिकृत लेख बहादुर बस्नेतले चालु आर्थिक बर्षका लागि छुट्याईएका कतिपय कामहरु सुरु भैसकेको जानकारी गराउँदै केही योजनाहरु सम्झौता गर्न बाँकी रहेतापनि बाँकी रहेका योजनाहरुलाई पनि समयमै सम्झौता गरेर समय अगावै सम्पन्न गर्ने कुरामा जोड दिएको बताए । टोल टोलमा गएर घुम्ती सेवाका शिविरहरु सञ्चालन गर्ने, स्र्माट पालिकाकाको निर्माणका लागि प्रत्येक वडामा पाँच जना राखेर सेवा दिने र आमसर्वसाधारणलाई अनलाईन सेवा लिनको लागि सिकाउने, अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्नेलाई कारवाही गरी उक्त नदीजन्य पदार्थ लिलाम गर्ने, तीन वटा वडाहरुलाई माछा पकेट क्षेत्रको रुपमा विकास गर्न पोखरी खनेर माछा पालनलाई प्रवद्र्धन गर्ने, अभिमुखीकरण कार्यक्रमहरु गर्ने जस्ता धेरै कार्यहरु सुरु भैसकेको र सकेसम्म मंसिर मसान्त भित्र योजना सम्झौता सम्पन्न गरी बैशाख मसान्त वा जेष्ठको पहिलो दोश्रो साता भित्र सम्पन्न गर्ने योजनामा रहेको बताए ।

बर्खा अगावै योजनाहरु सम्पन्न गर्ने गरी सम्झौता गर्ने र गरेका योजनाहरुलाई कार्यान्वयनमा ल्याउने कार्यले गति लिएको जानकारी गराउँदै कालिगण्डकी गाउँपालिका गुल्मीका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद मरासिनीले भौगौलिक विकटताको कारण विकास निर्माणमा केही चुनौतिहरु भएपनि क्रमिक रुपमा उक्त चुनौती सँग जुध्दै विकास निर्माणका कार्यहरु भैरहेको बताए । विशेष गरेर स्थानीय तहहरुमा बजेटको अभाव, प्रतिवद्धता अनुसार प्राप्ती नहुनु, नागरिकका आवश्यकता र चाहनाहरु बढी हुँदा ति आवश्यकता र चाहनाहरुलाई पुरा गर्ने श्रोत साधन सीमित हुनु जस्ता धेरै कारणहरु भएको बताए । गाउँपालिकामा आर्थिक विकासको प्रमुख सम्भावनाको क्षेत्र कृषि भएकोले कृषि क्षेत्रको विकासमा जोड दिईएको छ । कृषिमा रैथाने बाली तथा नगदेबाली बढी हुने गर्दछ । पछिल्लो समयमा किवी, एभोकाडो, सुन्तला लगायतमा फलफुल उत्पादनमा आमनागरिकको आकर्षण बढ्दो छ । बसाईसराई राष्ट्रिय रोग भएकोले एउटा स्थानीय तहले चाहेर मात्र सम्भव नहुने हुँदा राज्यस्तरबाट त्यसका लागि आवश्यक कार्यहरु गर्नु पर्ने देखिन्छ, प्रमुख प्रशासकीय अधिकृत मरासिनीले भने ।

चालु आर्थिक बर्षमा कूल ५९ करोड तीन लाख रुपैयाँ मध्ये चालुतर्फ ३४ करोड ३४ लाख रुपैयाँ र पुँजीगततर्फ २४ करोड ६८ लाख रुपैयाँ रहेको बताउँदै सम्मरीमाई गाउँपालिका रुपन्देहीकै प्रमुख प्रशासकीय अधिकृत मल्लाहले बजेट कार्यान्वयनको लागि योजनाहरुको टेण्डर आव्हान गर्ने, उपभोक्ता समिति गठन गर्ने लगायतका कामहरु भैरहेकोले समयमै योजना सम्पन्न गर्ने गरी ताकेता गर्दै अगाडी बढेको बताए । संघीय सरकारको रणनीति अनुसार वितरणमुखी योजनाहरुलाई सून्यमा कसरी झार्ने र दीर्घकालिन महत्वका योजनालाई कार्यान्वयनमा ल्याउन बढी जोड दिनुनै पालिकाको विकासमा महत्वपूर्ण योगदान पुग्ने हुँदा सोही अनुसार योजना कार्यान्वयनमा जोड रहेको बताए ।

चालु आर्थिक बर्षका योजनाहरु कार्यान्वयन गर्न सुरु भैसकेको जानकारी गराउँदै कोटहीमाई गाउँपालिकाका, रुपन्देहीका प्रमुख प्रशासकीय अधिकृत अजय मिश्रले गाउँपालिकाले योजनाहरु सम्झौता गर्ने, टेण्डर आव्हान गर्ने, उपभोक्तालाई अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने, उपभोक्ता समिति गठन गर्ने जस्ता कार्यहरु भैरहेको बताए । उनले चालु आर्थिक बर्षमा शिक्षा र स्वास्थ्य क्षेत्रमा प्राथमिकतामा राखेर बजेट त विनियोजन गरेको भएतापनि वालबालिकाहरुमा विद्यालय ड्रपआउट गर्नेक्रम नरोकिएकोले उक्त समस्या समाधानका लागि आवश्यक गृहकार्यमा पालिकाले सक्रियता बढाएको बताए । प्रमुख सम्भावनाको क्षेत्र कृषि, पूर्वाधार विकास, सिंचाई लगायत चौतर्फी क्षेत्रका योजनाहरु कार्यान्वयनमा आउने बताउँदै शतप्रतिशत र समयमै योजना सम्पन्न गर्न केही समस्या तथा चुनौतीहरु रैथाने भएतापनि सम्भवतः त्यसका लागि ताकेता गर्दै योजना कार्यान्वयनमा कडाई गर्ने बताए ।

चालु आर्थिक बर्षमा गाउँपालिकाले बजेट र नीति तथा कार्यक्रममा छुट्याईएका योजनाहरु कार्यान्वयनमा ल्याउन सुरु भैसकेको जानकारी गराउँदै प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलले भौगोलिक विकटता, कार्यशैलीको तौरतरिका जस्ता केही समस्या तथा चुनौतिहरु भएपनि बजेट अभाव र अन्य कुनै समस्याहरु नआएको अवस्थामा निर्धारित समयभित्रै योजनाहरु सम्पन्न गर्नको लागि उपभोक्ता समिति, ठेकेदारलाई ताकेता गर्न सुरु गरेको बताए । कुनै पनि आर्थिक बर्षका सुरुका चार महिना धेरै सार्वजनिक विदाहरु हुने र बर्षा भैरहने हुँदा केही ढिलो योजनाहरुमा काम सुरु हुने हुँदा समयमै योजना सकिंदैनन् कि भन्ने आमनागरिकहरुको गुनासो रहने गरेतापनि सबैले आफ्नो आफ्नो काम गर्ने हो भने बहुबर्षिय ठुला योजनाहरु बाहेक सबै काम एक÷दुई महिना भन्दा बढी समय नलाग्ने बताए । उनले टेण्डर प्रक्रियाबाट हुने योजनाहरुको टेण्डर आव्हान भैसकेको र योजनाहरु सम्झौता हुने क्रम जारी समेत भैसकेको बताउँदै मंसिर मसान्त सम्म सम्झौता गरेर सक्ने कार्यमा जोड दिएको बताए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Share via