प्रमुख समाचारसमाचार
एनआईसी एसियाका सिईओले दिए राजीनामा

काठमाडौं । एनआईसी एसिया बैंकका सिईओ ( प्रमुख कार्यकारी अधिकृत) रोशन कुमार न्यौपानेले राजीनामा दिएको बुझिएको छ । प्राप्त समाचारका अनुसार न्यौपानेले बदलिँदो परिस्थितिलाई हेरेर बैंकको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएका हुन् ।
उनले दिएको राजीनामा बैंक सञ्चालक समितिमा बुझाइएको छ । सम्भवतः आज बस्ने समितिको बैठकले अनुमोदन गर्ने स्रोतको दाबी छ ।




