एसियन स्मार्ट एग्रो कम्पनीको विशेष साधारण सभा सम्पन्न

लहान । एसियन स्मार्ट एग्रो कम्पनी लिमिटेडको विशेष साधारण सभा २ गते शनिबार सिरहाको लहानस्थित केन्द्रीय कार्यालयमा भव्य रूपमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष प्रवीण कुमार लामाको अध्यक्षतामा सञ्चालित उक्त सभाको समुद्घाटन पनि अध्यक्ष स्वयंले गर्नुभएको थियो । कार्यक्रमको सुरुमा सञ्चालक श्री चन्द्रमोहन श्याङ्वाले उपस्थित सम्पूर्ण सञ्चालक तथा शेयरधनी महानुभावहरूलाई स्वागत मन्तव्यमार्फत स्वागत गर्नुभएको थियो ।

उक्त विशेष साधारण सभाले कम्पनीको भविष्यको मार्गचित्र तय गर्न विभिन्न महत्वपूर्ण प्रस्तावहरू पारित गरेको छ । सञ्चालक समितिको प्रस्ताव बमोजिम कम्पनीको अधिकृत पुँजी वृद्धि गरी ५० करोड रुपैयाँ र जारी पुँजी ३५ करोड रुपैयाँ पुर्याउने निर्णय सर्वसम्मतिले स्वीकृत भएको छ । त्यसैगरी, शेयर पुँजी वृद्धिको आधारमा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र सो कार्यका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने निर्णय समेत सभाले गरेको छ ।

सभाको अन्त्यमा, विशेष साधारण सभाको माइन्यूटमा हस्ताक्षर गर्ने जिम्मेवारी संस्थाका अध्यक्ष र शेयरधनी रामपुजन रायलाई दिइएको छ । सभालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने सम्पूर्ण शेयरधनी र सञ्चालकहरूलाई धन्यवाद दिँदै अध्यक्ष प्रवीण कुमार लामाले कार्यक्रम समापन गर्नुभएको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

सम्बन्धित लेखहरू

एसियन स्मार्ट एग्रोको बृहत अन्तरक्रिया सम्पन्नः निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाइने

सिराहा । एसियन स्मार्ट एग्रो कम्पनी लिमिटेडको विशेष अन्तरक्रिया कार्यक्रम सिराहाको गोलबजारस्थित होटेल पावन मिथिलामा भव्यताका साथ सम्पन्न...

नेपाल राष्ट्र बैंकद्वारा तीन वाणिज्य बैंकमाथि कडा कारबाही

काठमाडौँ । नेपाल राष्ट्र बैंक, बैंक सुपरिवेक्षण विभागले चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रयमासको निरीक्षणका क्रममा नियमविपरीत...

पाँच दशमलव सात प्रतिशतले बढ्यो निक्षेप

काठमाडौं । बैंकिङ क्षेत्रको निक्षेप रकम बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको पुस मसान्तसम्ममाबैंक...

उन्नती सहकार्य लघुवित्तको खुद मुनाफामा उल्लेख्य बृद्धि,

बुटवल ।  उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद मुनाफा उल्लेख्यरुपमा बढेको छ । संस्थाले चालु आर्थिक बर्षको...