प्रमुख समाचारबागमतीसमाचार

नागरिक उड्न प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी सहित छ जना विरुद्ध भष्ट्राचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, तत्कालीन निर्देशक मुरारी भण्डारी, तत्कालीन उप–प्रवन्धक हाल प्रबन्धक नल विक्रम थापा, तत्कालीन वरिष्ठ अधिकृत तथा हाल उप–प्रवन्धक सम्वृद्धि श्रेष्ठ, परामर्शदाता गुरुदत्त अधिकारी र अभियन्त्र कन्सल्टिङ प्रा.लि.का संचालक विजय थापा विरुद्ध सार्वजनिक सम्पत्ति हानि गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

आरोपपत्र अनुसार, नलिन्चोक हेलिपोर्ट निर्माणमा कानून विपरीत खरिद प्रक्रिया अगाडि बढाई १३ करोड ५७ लाख ४६ हजार दुई सय १३ रुपैयाँ ७७ पैसा बराबरको सार्वजनिक सम्पत्ति हानि भएको आरोप लगाइएको छ । प्रतिवादीहरूले सम्भाव्यता अध्ययन, बजेट व्यवस्था र कानूनी प्रक्रिया बेवास्ता गरी बदनियतपूर्ण कार्य गरेको आयोगको दाबी छ । हेलिपोर्ट निर्माणपछि सुरक्षा जोखिम र अपर्याप्त पूर्वाधारका कारण यसको सञ्चालन सम्भव नभएको विभिन्न प्रतिवेदनहरूले पुष्टि गरेको उल्लेख छ ।

आरोपपत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसूर गरेको भन्दै कैद र जरिवाना सहित बिगो असुल हुन माग गरिएको छ। आयोगका अनुसार, यो घटना सार्वजनिक खरिद कानून र उड्डयन प्राधिकरण ऐनको उल्लंघन हो। (स्रोतः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रेस विज्ञप्ति)

Leave a Reply

Your email address will not be published. Required fields are marked *