देशभर बैंकिङ सञ्जालको शाखा संख्या ११ हजार पाँच सय भन्दा बढी

पोसकान्त पोखरेल
बुटवल । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ पहिलो चौमासको समीक्षागत तथ्याङ्कले मुलुकभर बैंकिङ सञ्जालको विस्तार र बैंकहरूको पुँजीगत अवस्था सन्तोषजनक रहेको देखाएको छ । कात्तिक मसान्तसम्मको उक्त समीक्षा प्रतिवेदनअनुसार नेपालमा इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूको संख्या र विस्तारित शाखाहरुले वित्तीय पहुँचमा नयाँ उचाई कायम गर्न सफल भएको छ । २०८२ कात्तिक मसान्त सम्ममा नेपालमा एक सय सात वटा इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा रहेका छन् । जसमा वाणिज्य बैंक २०, विकास बैंक १७, वित्त कम्पनी १७, लघुवित्त वित्तीय संस्था ५२ र पूर्वाधार विकास बैंक एक वटा रहेको छ । यि सबै वित्तीय संस्थाहरुको देशभर शााखा सञ्जालको संख्या ११ हजार पाँच सय १६ पुगेको छ । नागरिकहरूको बैंकिङ प्रणालीमा आकर्षण पहुँच बढ्दै जाँदा निक्षेप खाताको संख्या छ करोड आठ लाख ७१ हजार पुगेको छ भने कर्जा खाताको संख्या १९ लाख ९४ हजार रहेको छ ।

राष्ट्र बैंकको उक्त प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाहरूको पुँजीगत अवस्था जोखिम बहन गर्न सक्ने गरी सुरक्षित देखिएको छ । ’क’, ’ख’ र ’ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूको औसत प्राथमिक पुँजी र पुँजीकोषको जोखिम भारित सम्पत्तिको अनुपात क्रमशः ९.८० प्रतिशत र १२.८९ प्रतिशत कायम भएको छ । यसले नेपाली बैंकहरू अन्तर्राष्ट्रिय मापदण्ड र राष्ट्र बैंकको निर्देशन अनुसार पर्याप्त पुँजी कायम गर्न सफल भएको देखाएको छ ।

त्यस्तै, निक्षेप र तरलताको अवस्था समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३.१ प्रतिशत अर्थात २२२ अर्ब ३८ करोड रुपैयाँले वृद्धि भई कुल ७४८६ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । कुल निक्षेपमा मुद्दती निक्षेपको हिस्सा ४५.६ प्रतिशत र बचत निक्षेपको हिस्सा ३९.२ प्रतिशत रहेको छ । बैंकहरूको खुद तरल सम्पत्ति र निक्षेपको अनुपात ३५.१६ प्रतिशत रहेको छ, जसले बैंकहरूसँग लगानीका लागि पर्याप्त नगद मौज्दात रहेको पुष्टि गरेतापनि निष्क्रिय कर्जा र आगामी चुनौती वित्तीय सूचकहरू बलियो देखिए पनि बैंकहरूको निष्क्रिय कर्जा (NPL) मा भने चाप देखिएको छ । २०८२ असोज मसान्तको तथ्याङ्कअनुसार निष्क्रिय कर्जा अनुपात ५.२६ प्रतिशत पुगेको छ । यद्यपि, बैंकहरूसँग रहेको विदेशी विनिमय सञ्चितिले १७.४ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने सहज अवस्था रहेकाले बाह्य क्षेत्रको चाप बैंकिङ प्रणालीमा कम नै देखिएको छ ।

पछिल्लो समयमा बैंकहरूमा तरलता अधिक भएकै कारण ब्याजदरमा उल्लेख्य गिरावट आएको छ । २०८१ कात्तिकमा ७.०२ प्रतिशत रहेको वाणिज्य बैंकहरूको औसत आधार दर अहिले ५.४४ प्रतिशतमा झरेको छ । यसैगरी विकास बैंकहरूको ७.७४ प्रतिशत र वित्त कम्पनीहरूको ८.३९ प्रतिशत आधारदर कायम भएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कले बैंकहरू भौतिक रूपमा मात्र नभई पुँजीगत रूपमा पनि सबल हुँदै गएको देखाउँछ । निष्क्रिय कर्जामा केही सुधार गर्नुपर्ने आवश्यकता रहेतापनि पर्याप्त तरलता र न्यून ब्याजदरले आगामी दिनमा लगानीको वातावरण अझ सहज हुने संकेत गरेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

सम्बन्धित लेखहरू

नेपाली जनसम्पर्क समिति फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, शिवराम भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन

पेरिस, फ्रान्स पेरिसमा सम्पन्न नेपाली जनसम्पर्क समिति फ्रान्सको तेस्रो अधिवेशनले शिवराम भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको...

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि गरेको दाबी

बुटवल । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेडले ११ लाख एफटिटिएच (फाइबर टु द...

एसियन स्मार्ट एग्रोको बृहत अन्तरक्रिया सम्पन्नः निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाइने

सिराहा । एसियन स्मार्ट एग्रो कम्पनी लिमिटेडको विशेष अन्तरक्रिया कार्यक्रम सिराहाको गोलबजारस्थित होटेल पावन मिथिलामा भव्यताका साथ सम्पन्न...

लिखत सम्बन्धी कसूरमा नविन कुमार अग्रवाल वीरगञ्जबाट पक्राउ

काठमाडौँ — नेपाल सरकारले आयातमा पूर्ण बन्देज लगाएको छोकडा (खजुर) भित्र्याउन सरकारी निकायको नक्कली कागजात र हस्ताक्षर किर्ते...