बगनासकाली गाउँपालिकाको वित्तीय प्रगति ९० प्रतिशत

बुटवल । बगनासकाली गाउँपालिका पाल्पाले चालु आर्थिक बर्ष २०८१/८२ मा वित्तीय प्रगति झण्डै ९० प्रतिशत गरेको छ । गाउँपालिकाका लेखा अधिकृत कोशलराज पौडेलका अनुसार गाउँपालिकाले चालु आवमा छुट्याईएको कूल ५६ करोड ९९ लाख दुई हजार रुपैयाँ मध्ये चालु र पुँजीगत गरी ८९ दशमलव २९ प्रतिशत वित्तीय प्रगति गरेको छ ।

गाउँपालिकाले चालुतर्फ ३७ करोड दश लाख ९५ हजार रुपैयाँ छुट्याएकोमा ३३ करोड ७६ लाख चार हजार एक सय आठ रुपैयाँ खर्च गरेको छ भने, पुँजीगततर्फ छुट्याईएको १९ करोड ८८ लाख सात हजार रुपैयाँमा १७ करोड १२ लाख ९९ हजार आठ सय १४ रुपैयाँ गरी ८९ दशमलव २९ प्रतिशत वित्तीय प्रगति भएको लेखा अधिकृत पौडेलले जानकारी गराए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

सम्बन्धित लेखहरू

एसियन स्मार्ट एग्रोको बृहत अन्तरक्रिया सम्पन्नः निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाइने

सिराहा । एसियन स्मार्ट एग्रो कम्पनी लिमिटेडको विशेष अन्तरक्रिया कार्यक्रम सिराहाको गोलबजारस्थित होटेल पावन मिथिलामा भव्यताका साथ सम्पन्न...

“स्थानीय तहको आत्मनिर्भरता र प्रशासनिक दक्षता नै नागरिकको घरदैलोसम्म पुग्ने आधार हो”

माधव पोख्रेल प्रमुख प्रशासकीय अधिकृत, कञ्चन गाउँपालिका रुपन्देही विगत ११ वर्षदेखि निजामती सेवामा निरन्तर समर्पित माधव पोख्रेल एक कुशल, सबल...

“असीमित जनअपेक्षा र सीमित श्रोत साधनका बीच प्राथमिकताका आधारमा योजना कार्यान्वयन गर्ने गरेका छौं”

मधुकृष्ण पौड्याल प्रमुख प्रशासकीय अधिकृत, देवदह नगरपालिका, रुपन्देही गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका वडा नं ३ हर्दिनेटा (साविक हर्दिनेटा गा...

नेपाल राष्ट्र बैंकद्वारा तीन वाणिज्य बैंकमाथि कडा कारबाही

काठमाडौँ । नेपाल राष्ट्र बैंक, बैंक सुपरिवेक्षण विभागले चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रयमासको निरीक्षणका क्रममा नियमविपरीत...