उखुको समर्थन मूल्य घटाउने निर्णय गर्नु किसान–विरोधी र गैरजिम्मेवार कदम भएको माओवादी केन्द्रको ठहर

अग्नि परीक्षा सम्वाददाता

बुटवल । उखु उत्पादनमा निर्भर किसान वर्गले आफ्नो पसिनाको मूल्य, अधिकार र सम्मानका लागि काठमाडौंको माइतीघर मण्डलामा अनशन बस्न बाध्य हुनुपरेको विषयप्रति नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को गम्भीर ध्यानाकर्षण भएको छ । बक्यौता रकम नपाएर पीडित किसानहरुलाई सरकारले अझ अपमानित गर्ने गरी हालै उखुको समर्थन मूल्य घटाउने निर्णय गर्नु किसान–विरोधी र गैरजिम्मेवार कदम हो भन्ने हाम्रो ठम्याइ रहेको केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाद्वारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ ।

हाम्रो पार्टी नेतृत्वको सरकारले किसानको हितलाई केन्द्रमा राख्दै उखुको समर्थन मूल्यमा प्रति क्विन्टल ७० रुपैयाँ अनुदान तोकेर उनीहरुलाई न्याय दिने विषय प्राथमिकतामा राखेको स्मरणीय छ । तर वर्तमान सरकारले किसानको हित प्रतिकूल हुने गरी उक्त अनुदान मूल्य घटाएर रु. ३५ बनाएको छ । जसले उत्पादन लागतसमेत धान्न नसक्ने अवस्था सिर्जना गरेको छ । यो निर्णयले बक्यौता रकम नपाएर पहिल्यैदेखि संकटमा परेका किसानमाथि थप अन्याय थपेको छ ।

हाम्रो पार्टी आन्दोलनरत किसानको जायज मागप्रति समर्थन जनाउँदै तत्काल उखु किसानले पाउनुपर्ने सम्पूर्ण बक्यौता रकम भुक्तानी गर्न सरकारसँग माग गर्दछौं । साथै किसान वर्ग हाम्रो उत्पादन प्रणालीको मेरुदण्ड मात्र नभई राष्ट्रको अर्थतन्त्रको आधारशीला हुन् भन्ने यथार्थलाई सरकारले बेलैमा आत्मसात गरी उखुको समर्थन मूल्य र त्यसमा दिइने अनुदानलाई किसानमैत्री ढंगले पुनः निर्धारण गर्न र किसानले उठाएका सबै जायज मागहरुलाई गम्भीरतापूर्वक सम्बोधन गर्न समेत माग गर्दछौ ।

उत्पादन र उत्पादकत्वको वृद्धिमार्फत रोजगारी र समृद्धि हासिल गर्दै मुलुकमा आत्मनिर्भर अर्थतन्त्रका लागि किसानहरु मुख्य शक्ति हुन । उनीहरुको मनोबल उच्च राख्दै व्यवसायिक प्रवद्र्धनका लागि अनुकुल वातावरण बनाउनु अहिलेको आवश्यकता हो । सरकारले विचौलियाको स्वार्थका लागि सिंगो सत्ता संरचना प्रयोग गर्ने तर किसानहरुका माग वेवास्ता गर्ने प्रवृति गम्भीर छ । यदि सरकारले किसानहरुका माग बेवास्ता गरेमा हाम्रो पार्टी किसानसँगै उभिएर संघर्षलाई अझ व्यापक एवं सशक्त बनाउँदै किसानको अधिकार, सम्मान र न्यायका लागि दृढतापूर्वक उभिने स्पष्ट पार्न चाहन्छौं, उक्त प्रेस विज्ञप्तीमा उल्लेख छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

सम्बन्धित लेखहरू

नेपाली जनसम्पर्क समिति फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, शिवराम भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन

पेरिस, फ्रान्स पेरिसमा सम्पन्न नेपाली जनसम्पर्क समिति फ्रान्सको तेस्रो अधिवेशनले शिवराम भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको...

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि गरेको दाबी

बुटवल । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेडले ११ लाख एफटिटिएच (फाइबर टु द...

एसियन स्मार्ट एग्रोको बृहत अन्तरक्रिया सम्पन्नः निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाइने

सिराहा । एसियन स्मार्ट एग्रो कम्पनी लिमिटेडको विशेष अन्तरक्रिया कार्यक्रम सिराहाको गोलबजारस्थित होटेल पावन मिथिलामा भव्यताका साथ सम्पन्न...

लिखत सम्बन्धी कसूरमा नविन कुमार अग्रवाल वीरगञ्जबाट पक्राउ

काठमाडौँ — नेपाल सरकारले आयातमा पूर्ण बन्देज लगाएको छोकडा (खजुर) भित्र्याउन सरकारी निकायको नक्कली कागजात र हस्ताक्षर किर्ते...