अतिविपन्न परिवारलाई शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा खाद्यन्न सहयोग

5234अग्नि परीक्षा
तिलोत्तमा । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले तिलोत्तमा नगरपालिका १४ का २० गते आइतबार अतिविपन्न परिवारलाई विभिन्न प्रकारका खाद्यन्न वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत तिलोत्तमा–१४ मै अवस्थित आफ्नो बनकट्टी शाखा कार्यालय मार्फत उक्त क्षेत्रका अति विपन्न घरपरिवारलाई उक्त खाद्यन्न वितरण गरेको हो ।

बैंकका बनकट्टी शाखाका शाखा प्रमुख यज्ञ प्रसाद न्यौपानेको अध्यक्षता, तिलोत्तमा–१४ का वडाध्यक्ष आश्विन पौडेलको प्रमुख आतिथ्यता तथा विभिन्न टोलविकास समितिमा अध्यक्षहरु लगायतको उपस्थितीमा वडाको देवीनगर मन्दिर परिषरमा भएको उक्त खाद्यन्न वितरण कार्यक्रममा बोल्दै वडाध्यक्ष पौडेलले बैंकले गरेको उक्त कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै यस्तै थप कार्यक्रमहरु गर्ने विश्वास व्यक्त गरे । बिहान खाए साँझ के खाने भन्ने सधै चिन्तामा रहने विपन्न घरपरिवारलाई पुषको अत्याधिक जाडोको समयमा काम गर्न नसक्ने अवस्थालाई मध्यनजर गर्दै खाद्यन्न वितरण गरिएकोमा बैंक प्रति आभारी व्यक्त गरे ।

 

कार्यक्रममा अध्यक्ष तथा बनकट्टी शाखाका शाखा प्रमुख यज्ञ प्रसाद न्यौपानेले लक्षित वर्गलाई आर्थिक उत्थानको लागि विभिन्न कार्यक्रमहरुबारे छलफल गर्दा सबैभन्दा उपयुक्त खाद्यन्न वितरण देखिएकोले केही समयको लागि भएपनि हाम्रो सहयोगले कसैको भोको तथा आधा पेट भरिन्छ भने गरौं न भन्ने उद्देश्यका साथ संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत खाद्यन्न वितरण गरिएको बताए । आगामी दिनमा थप कार्यक्रम गर्न र बैंक प्रति भएका सुझाव सल्लाह दिन आग्रह गर्दै शाखा प्रमुख न्यौपानेले समाज परिवर्तनको लागि सबैले सामाजिक उत्तरदायित्वलाई भुल्न नहुने बताए ।

बैंकका शाखाका कर्मचारी सोही शाखाका कर्मचारी कमल केसीको स्वागत मन्तव्य र रत्ना अर्यालको सञ्चालनमा सम्पन्न भएको उक्त खाद्यन्न वितरण कार्यक्रममा २० घरपरिवारलाई प्रति परिवार २५ केजी चामल, दुई केजी दाल, एक प्याकेट तेल र एक प्याकेट नुन वितरण गरिएको थियो जसबाट २० घरपरिवारका ७० भन्दा धेरै सदस्यहरु लाभान्वित भएका छन् ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

सम्बन्धित लेखहरू

पाँच दशमलव सात प्रतिशतले बढ्यो निक्षेप

काठमाडौं । बैंकिङ क्षेत्रको निक्षेप रकम बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको पुस मसान्तसम्ममाबैंक...

मायादेवीमा ‘श्री श्री हनुमन्त महायज्ञ’ भव्यताका साथ सुरु

अग्नि परीक्षा सम्वाददाता मायादेवी । मायादेवी गाउँपालिका–५, लुक्ठहवा रुपन्देहीमा आज २९ गते मंगलबारदेखि ‘श्री श्री हनुमन्त महायज्ञ’ भव्यताका साथ...

देवदह सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगरपालिका घोषणा

बुटवल । मानवसेवा आश्रमको सहकार्यमा बिहीबार रूपन्देहीस्थित देवदह नगरपालिकालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगरपालिका घोषणा गरिएको छ। यस घोषणासँगै...