ओखलढुङ्गामा शृङ्खलाबद्ध हत्या र लुटपाट गर्ने गिरोह पक्राउ

अग्नि परीक्षा

ओखलढुङ्गा । जिल्लाको चिशंखुगढी र सिद्धिचरण नगरपालिकामा बीभत्स रूपमा हत्या तथा लुटपाट गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (CIB), कोशी प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको संयुक्त टोलीले तीन जनाको हत्यामा संलग्न ४ जना अभियुक्तहरूलाई सार्वजनिक गरेको हो ।

घटनाको पृष्ठभूमि गएको पुस १५ गते बिहान ८:०० बजे ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका-६, भदौरे गैरीगाउँमा किराना पसल सञ्चालक ६० वर्षीय शोभितमान थापा मगर र उनकी श्रीमती ६० वर्षीया रत्नमाया थापा मगरको बीभत्स हत्या भएको थियो। कोदालो र धारिलो हतियार प्रहार गरी उनीहरूको हत्या गरेपछि अभियुक्तहरूले शव गोठमा लगेर स्याउलाले छोपेका थिए। उक्त पसल र कोठाबाट १ लाख नगद, २ तोला सुनका गहना र ६ तोला काँचो सुन लुटिएको थियो।

पुरानो घटनाको पनि खुलासा अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिहरूले यसअघि असोज २६ गते राति सिद्धिचरण नगरपालिका-४, चार्खुकी ५२ वर्षीया एकल महिला रत्न कुमारी कटवाल (कार्की) को समेत हत्या गरेको स्वीकार गरेका छन्। उनीहरूले कटवाललाई बन्चरो प्रहार गरी हत्या गरेर नगद तथा सुनका गहना लुटेका थिए ।

पक्राउ परेका अभियुक्तहरू: प्रहरीले विभिन्न मितिमा निम्न व्यक्तिहरूलाई पक्राउ गरेको हो: १. संगम राई (मिलन): २८ वर्ष, चिशंखुगढी-३, दियाले (पुस १८ मा पक्राउ) २. विनोद राई: ३० वर्ष, चिशंखुगढी-४, रातमाटे (पुस १८ मा पक्राउ) ३. प्रकाश भुजेल: ३० वर्ष, चिशंखुगढी-४, रातमाटे (पुस १९ मा पक्राउ) ४. अशोक भुजेल (दोर्जे): ३० वर्ष, चिशंखुगढी-८, माम्खा (पुस १९ मा पक्राउ)

बरामद भएका दशी/प्रमाणहरू: प्रहरीले अभियुक्तहरूको साथबाट हत्यामा प्रयोग भएका हतियार र लुटिएका सामान समेत बरामद गरेको छ:

  • हत्यामा प्रयोग भएको १ थान बन्चरो र १ थान कोदालो ।

  • मृतक रत्न कुमारी कटवालको लुटिएको सुन गालेर बनाइएको ५.८० ग्रामको सुनको रिङ।

  • दोर्जे भन्ने अशोक भुजेलको घरबाट बरामद १ थान खुकुरी ।

  • लुटिएको रु. १०० को रिचार्ज कार्ड (विनोद राईको साथबाट) ।

  • २ नाल भरुवा बन्दुक र ४ थान मोबाइल ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

सम्बन्धित लेखहरू

नेपाली जनसम्पर्क समिति फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, शिवराम भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन

पेरिस, फ्रान्स पेरिसमा सम्पन्न नेपाली जनसम्पर्क समिति फ्रान्सको तेस्रो अधिवेशनले शिवराम भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको...

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि गरेको दाबी

बुटवल । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेडले ११ लाख एफटिटिएच (फाइबर टु द...

लिखत सम्बन्धी कसूरमा नविन कुमार अग्रवाल वीरगञ्जबाट पक्राउ

काठमाडौँ — नेपाल सरकारले आयातमा पूर्ण बन्देज लगाएको छोकडा (खजुर) भित्र्याउन सरकारी निकायको नक्कली कागजात र हस्ताक्षर किर्ते...

“स्थानीय तहको आत्मनिर्भरता र प्रशासनिक दक्षता नै नागरिकको घरदैलोसम्म पुग्ने आधार हो”

माधव पोख्रेल प्रमुख प्रशासकीय अधिकृत, कञ्चन गाउँपालिका रुपन्देही विगत ११ वर्षदेखि निजामती सेवामा निरन्तर समर्पित माधव पोख्रेल एक कुशल, सबल...