एसियन स्मार्ट एग्रोको बृहत अन्तरक्रिया सम्पन्नः निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाइने

सिराहा । एसियन स्मार्ट एग्रो कम्पनी लिमिटेडको विशेष अन्तरक्रिया कार्यक्रम सिराहाको गोलबजारस्थित होटेल पावन मिथिलामा भव्यताका साथ सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष प्रवीण कुमार लामाको अध्यक्षतामा यहि जेष्ठ १५ गते शुक्रबार आयोजित उक्त कार्यक्रममा सञ्चालक चन्द्रमोहन श्याङ्वाले उपस्थित स्थानीय किसान, कृषि व्यवसायी तथा सम्पूर्ण सरोकारवालाहरूलाई स्वागत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि जिल्ला उपसभापति दिलिपकुमार लामाले कृषि क्षेत्रको रूपान्तरणमा यस्ता अन्तरक्रियाको ठूलो भूमिका रहने बताए ।

कार्यक्रममा प्राविधिक तथा व्यावसायिक पक्षमाथि गहन छलफल भएको थियो । पशु विज्ञ जगत यादवले किसानहरूलाई परम्परागत खेती प्रणालीबाट माथि उठेर व्यावसायिक बन्न र आगामी दिनमा आफ्नो व्यवसायलाई आधुनिक एवं नाफामूलक कसरी बनाउने भन्नेबारे विस्तृत जानकारी गराए भने कम्पनीका अर्का सञ्चालक प्रदिप यादवले एसियन स्मार्ट एग्रोका आगामी योजना र किसान लक्षित विभिन्न कार्यक्रमहरूमाथि प्रकाश पार्दै कम्पनीले किसान हितका लागि काम गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

अन्तरक्रियाका क्रममा उपस्थित किसानहरूले आफ्ना व्यावहारिक समस्याहरू राख्दै महत्वपूर्ण सुझावहरू दिएका थिए । किसानहरूले उत्पादित कृषि सामग्री बिक्रीका लागि व्यवस्थित बजार प्रणालीको विकास गर्न, प्राकृतिक प्रकोपबाट बच्न बाली बीमाको व्यवस्था मिलाउन, उत्पादन सुरक्षित राख्न कोल्ड स्टोर (शीत भण्डार) स्थापना गर्न तथा सरकार र बैंकहरूबाट उपलब्ध हुने अनुदानमा आधारित कृषि कर्जाका लागि कम्पनीले समन्वयकारी भूमिका खेलिदिन आग्रह गरेका थिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

सम्बन्धित लेखहरू

नेपाल राष्ट्र बैंकद्वारा तीन वाणिज्य बैंकमाथि कडा कारबाही

काठमाडौँ । नेपाल राष्ट्र बैंक, बैंक सुपरिवेक्षण विभागले चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रयमासको निरीक्षणका क्रममा नियमविपरीत...

एसियन स्मार्ट एग्रो कम्पनीको विशेष साधारण सभा सम्पन्न

लहान । एसियन स्मार्ट एग्रो कम्पनी लिमिटेडको विशेष साधारण सभा २ गते शनिबार सिरहाको लहानस्थित केन्द्रीय कार्यालयमा भव्य...

पाँच दशमलव सात प्रतिशतले बढ्यो निक्षेप

काठमाडौं । बैंकिङ क्षेत्रको निक्षेप रकम बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको पुस मसान्तसम्ममाबैंक...

उन्नती सहकार्य लघुवित्तको खुद मुनाफामा उल्लेख्य बृद्धि,

बुटवल ।  उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद मुनाफा उल्लेख्यरुपमा बढेको छ । संस्थाले चालु आर्थिक बर्षको...