योजना सम्झौताको अन्तिम चरणमा सरावल र पाल्हिनन्दन गाउँपालिका

पोसकान्त पोखरेल
बुटवल ।  नवलपरासीका दुईस्थानीय तहहरु सरावल गाउँपालिका र पाल्हिनन्दन गाउँपालिकाले चालु आर्थिक बर्षका योजनाहरुको सम्झौता अन्तिम चरणमा पुर्याएका छन् । सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुका अनुसार चालु आर्थिक बर्षमा पनि उपभोक्ता समिति र टेण्डर दुबै प्रक्रियाबाट योजनाहरु कार्यान्वयनमा आएका छन् । आवको सुरुमा मंसिर मसान्तसम्म सम्झौता सम्पन्न गरेर कार्यान्वयनमा ल्याउने योजना भएतापनि विविध कारणले सम्झौता सम्पन्न हुन नसकेतापनि बैशाख मसान्तसम्म सम्भवतः सबैयोजनाहरु कार्यान्वयन सम्पन्न गर्ने लक्ष्य राखेका छन् । कर्मचारी अभाव, कानुनी बुझबुझारथको कमी, स–साना योजनाहरु धेरै हुनु, सीमित श्रोत साधनको उपलब्धता जस्ता केही समस्या तथा चुनौतीहरु भएतापनि उपलब्ध श्रोत साधनको उच्चतम प्रयोगबाट जनतालाई सु–शासनको प्रत्याभूति दिलाउने कार्यमा बढी जोड दिएका छन् ।

सरावल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले बढी भनेको बैशाख मसान्त वा जेठको पहिलो साता सम्म योजनाहरु सम्पन्न गर्दछौं । जहाँसम्म सम्झौता अझै भएको छैन सम्पन्न कसरी ? भन्ने प्रश्न उब्जिएला । त्यसमा मुख्य कुरा हाम्रो देशमै सुरुको प्रोसेसिङ अलि लामो छ । जब सुरुको प्रोसेसिङ सकिन्छ काम धमाधम हुन्छन् । सबैक्षेत्रमा एकैपटक काम हुँदा काम सक्न कठिन पनि छैन् । मुख्य कुरा काम सुरु हुन समय लाग्ने हो सुरु भएपछि छिट्टै सकिन्छ । चालु आर्थिक बर्षमा समय लाग्ने योजना भनेका १५ सैयाको आधारभूत अस्पताल र गाउँपालिकाको प्रमुख प्रशासनिक भवन हो । यि बाहेकका अन्य कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास लगायत चौतर्फी क्षेत्रका योजनाहरु कार्यान्वयनमा आउने बताए ।

पाल्हिन्दन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार गौडले गाउँपालिकामा कर्मचारीहरुको अभाव मुख्य समस्याको विषय भएको बताउँदै कर्मचारी आउन नमान्नु, आएपनि आएको केही समयमै सरुवा मिलाएर जानु, विकास निर्माणको क्षेत्रमा कानुनी प्रावधानमा पूर्ण रुपमा चेतनाको विकास हुन नसक्नु जस्ता विविध कारणले योजना समयमै सुरु गरी समयमै सम्पन्न गर्न नियमितमा भन्दा बढी कसरत गर्नुपर्ने बताए । प्रमुख प्रशासकीय अधिकृत गौडले चालु आर्थिक बर्षमा टेण्डर प्रक्रियाबाट कार्यान्वयनमा आउने केही योजनाहरुको टेण्डर आव्हान, उपभोक्ता समिति मार्फत हुने योजनाहरु उपभोक्ता समिति गठन गरी सम्झौता गर्ने कार्यको सुरुवात भैसकेको बताउँदै समयमै काम सम्पन्न गरौं भन्ने चाहना हुँदाहुँदै पनि योजना सम्पन्न हुन असार लाग्ने बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

सम्बन्धित लेखहरू

नेपाली जनसम्पर्क समिति फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, शिवराम भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन

पेरिस, फ्रान्स पेरिसमा सम्पन्न नेपाली जनसम्पर्क समिति फ्रान्सको तेस्रो अधिवेशनले शिवराम भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको...

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि गरेको दाबी

बुटवल । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेडले ११ लाख एफटिटिएच (फाइबर टु द...

लिखत सम्बन्धी कसूरमा नविन कुमार अग्रवाल वीरगञ्जबाट पक्राउ

काठमाडौँ — नेपाल सरकारले आयातमा पूर्ण बन्देज लगाएको छोकडा (खजुर) भित्र्याउन सरकारी निकायको नक्कली कागजात र हस्ताक्षर किर्ते...

“स्थानीय तहको आत्मनिर्भरता र प्रशासनिक दक्षता नै नागरिकको घरदैलोसम्म पुग्ने आधार हो”

माधव पोख्रेल प्रमुख प्रशासकीय अधिकृत, कञ्चन गाउँपालिका रुपन्देही विगत ११ वर्षदेखि निजामती सेवामा निरन्तर समर्पित माधव पोख्रेल एक कुशल, सबल...