प्रमुख समाचारसुदूरपश्चिमस्थानीय सरकार

जनतालाई सूचनाबाट बन्धक बनाएर केही स्थानीय तहमा भ्रष्टाचार

अग्नि परीक्षा
बुटवल । स्थानीय तहमा भ्रष्टाचार भएका अनेकन किस्साहरु सुनिन्छन् । त्यस्तै एक अर्को भ्रष्टाचारको किस्सा पनि सार्वजनिक भएको छ ।सार्वजनिक सुनुवाई समेत नगरी जनतालाई सूचनाको हकबाट बन्धक बनाएर दुई फरक श्रोतको बजेट भए पनि छुट्टै लागत अनुमान नगरी एउटै उपभोक्ता समितिसँग गोप्य रूपमा दुईवटा फरक–फरक सम्झौता गरेर बित्थडचिर गाउँपालिकामा भ्रष्टाचार भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको बित्थडचिर गाउँपालिका–१ स्थित तल्लो बित्थड खेल मैदान निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै आयोगले यहि पौष २ गते विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । अख्तियारका अनुसार तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्ट, सब–इन्जिनियर गणेश राज उपाध्याय, लेखापाल हर्क देव जोशी, बित्थड खेल मैदान निर्माण तथा सुधार उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्र बहादुर बोहरा, सचिव वीर बहादुर बोहरा र कोषाध्यक्ष निलम भण्डारी रहेका छन् ।

खेल मैदान निर्माणमा ठेकेदारले पूर्व गाउँपालिका अध्यक्षसँग मिलेर खेल मैदान निर्माण गर्दा कमसल निर्माण सामाग्री प्रयोग गरेको, प्राविधिक रूपमा उक्त ठाउँको डिपिआर नगरी निर्माण गरेको, काम सम्पन्न नगरी रकम हिनामिना गरेको भन्ने उजुरीका आधारमा खेल मैदान निर्माण तथा सुधारको लागि आर्थिक वर्ष २०७६/७७ मा संघीय युवा तथा खेलकुद मन्त्रालयबाट ५० लाख र संघीय सांसद विकास कोषबाट १५ लाख रुपैयाँ बजेट बिनियोजन भई उक्त कार्य सम्पन्न गर्नको लागि आर्थिक वर्ष २०७५/०७६ मा गठन भएको बित्थड खेल मैदान निर्माण तथा सुधार उपभोक्ता समितिलाई निरन्तरता दिई सोही उपभोक्ता समितिसँग सम्झौता भएको अख्तियारले जनाएको छ ।

बिनियोजित कुल ६५ लाख रुपैयाँ रकम बजेट कार्यान्वयनमा एउटै कामको लागि गाउँपालिकाले एउटै उपभोक्ता समितिसँग लागत अनुमान ६९ लाख २५ हजार ५४ रुपैयाँ र लागत अनुमान ६० लाख ६५ हजार दुई सय ७६ रुपैयाँ कायम भएको दुई वटा फरक–फरक सम्झौता गरेको, संघीय सांसद विकास कोषबाट बिनियोजन भएको १५ लाख बजेटको छुट्टै नयाँ लागत अनुमान बनाएको, गाउँपालिकाको गोश्वारा भौचर नं. ४ र गोश्वारा भौचर नं. ७२ संलग्न गरेको नापी किताबको जाँच गर्दा खेल मैदान खन्ने कार्यमा ठूलो बदमासी भएको अख्तियारको अनुसन्धानमा खुलेको छ । मैदानको निश्चित दूरी सम्म माटो खन्न कामको लागि पहिले नै २०७७ असार २६ गते गोश्वारा भौचर नं. ४ मार्फत १३ लाख ९९ हजार एक सय ८६ रुपैयाँ भुक्तानी भइसकेको तर, सोही कामलाई फेरि २०७७ असार २९ गते तीन दिन पछि अर्को गोश्वारा भौचर नं. ७२ मा समावेश गरी अन्तिम बिल बनाउँदा पहिले नै भुक्तानी भइसकेको सो रकम घटाउनुपर्नेमा नघटाई, एउटै कामलाई दुईवटा फरक कागजात बनाएर दोहोरो भुक्तानी गरेको अख्तियारको अनुसन्धानमा खुलेको छ ।

भ्रष्टाचारको मुख्य कारण र प्रकृतिअनुसन्धानका क्रममा आर्थिक वर्ष २०७६÷७७ मा संघीय युवा तथा खेलकुद मन्त्रालयको ५० लाख र संघीय सांसद विकास कोषको १५ लाख गरी कुल ६५ लाख रुपैयाँ बजेट कार्यान्वयनमा गम्भीर अनियमितता गरेको एउटै काम (माटो काट्ने कार्य) लाई दुईवटा फरक–फरक गोश्वारा भौचर (नं. ४ र नं. ७२) मार्फत १३ लाख ९९ हजार एक सय ८६ रुपैयाँ दोहोरो भुक्तानी लिएको, नभएको कामको भुक्तानीः नापी किताबमा वास्तविक कामभन्दा बढी परिमाण देखाई झुट्टा बिल बनाएर ६७ हजार तीन सय १७ रुपैयाँ बढी भुक्तानी दिएको देखिएको छ । मुद्दा दायर गरिएका प्रतिवादीहरू र मागदाबी अख्तियारले कूल चौध लाख ६६ हजार पाँच सय तीन रुपैयाँ ९२ पैसा बिगो कायम गरी बिगो बराबर जनही जरिवाना र कैद सजायको मागदाबी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *