प्रमुख समाचारसूचना/प्रविधि

भलवारीमा टिण्डी सीसी क्यामेराको नयाँ डिलर सञ्चालन

एक दिने प्राविधिक तालिम सम्पन्न

भलवारी । रुपन्देही विश्वकै प्रतिष्ठित सीसी क्यामेरा ब्रान्ड ’टिण्डी’ (Tiandy) को नयाँ आधिकारिक डिलर रुपन्देहीको भलवारीमा मंगलबार देखि सञ्चालनमा आएको छ । चीनमा तेस्रो र विश्वव्यापी स्तरमा सातौँ स्थानमा पर्न सफल यस ब्रान्डको आधिकारिक विक्रेताको रूपमा एसके कम्प्युटर तथा मर्मत केन्द्रले जिम्मेवारी लिएसँगै सञ्चालनमा आएको हो ।

यसअघि कम्प्युटर र ल्यापटपको सेवा प्रदान गर्दै आएको एसके कम्प्युटरले अब टिण्डीका अत्याधुनिक सीसी क्यामेराहरू उपलब्ध गराउने छ । डिलरको शुभारम्भसँगै संस्थाले लुम्बिनीस्थित होटल लुम्बिनी हेरिटेजमा ६० जना भन्दा बढी टेक्निसियनहरुको उपस्थितीमा एक दिने विशेष प्राविधिक प्रशिक्षण तालिम समेत आयोजना गरी सम्पन्न भएको छ ।

केन्द्रका सिनियर टेक्निसियन कमल बस्यालको संयोजकत्वमा सम्पन्न कार्यक्रममा भुषाल टेक ट्रेडर्सका सीईओ शशि भुषाल प्रमुख आतिथ्यता रहनुको साथै टिण्डीका चिनियाँ प्रतिनिधिहरू सेन र एरिया विशिष्ठ आतिथ्यता र नेपाल कन्ट्री म्यानेजर नवीन भण्डारी, हाईटेक इन्टरनेशनलका सिनियर टेक्निकल एक्जुकेटिभ शिव बास्ताकोटी लगायतको आतिथ्यतामा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा डिलर सञ्चालक सञ्जय कुमार गुप्ताले स्वागत मन्तव्य राख्दै समयको माग र बढ्दो असुरक्षालाई मध्यनजर गर्दै गुणस्तरीय सीसी क्यामेराको आवश्यकता पूरा गर्न भलवारीमा सेवा विस्तार गरिएको बताए । रुपन्देही क्षेत्रमा सीसी क्यामेराको माग उच्च छ । माग उच्च भएपनि गुणस्तरीय र भरपर्दो सेवा नपाएर सेवाग्राहीहरु निरास हुनुपरेको अवस्थालाई धेरै पटकको अनुभव गरे । पछि बुझ्दै जाँदा मूल्य र गुणस्तर लगायतका अन्य प्राविधिक कुराहरु राम्रो लागेर टिण्डीको आधिकारिक डिलरको आवश्यकता महसुस गरी रुपन्देहीमा सेवा विस्तारमा लगानी गरेको गुप्ताले बताए ।

विगत ३० वर्षदेखि सञ्चालनमा रहेको यो ब्रान्ड विश्वका ८२ भन्दा बढी देशमा विस्तार भइसकेको छ । नेपालमा विगत १५ वर्षदेखि यसले आफ्नो सेवा प्रदान गर्दै आएको जानकारी गराउँदै नेपालका लागि कन्ट्री म्यानेजर नविन भण्डारीले स्वचालित मेसिनद्वारा निर्मित यी क्यामेराहरू आधुनिक प्रविधि, उच्च गुणस्तर र सहुलियत मूल्यका कारण लोकप्रिय रहेको दाबी गरे । उनले नेपालका लागि आधिकारिक आयातकर्ता हाईटेक इन्टरनेशनलको तथ्याङ्कलाई ईकिंत गर्दै क्यामेराको माग नेपाली बजारमा दिनानुदिन बढ्दै गएको बताए ।

साना पसल, घर र कार्यालयका तथा ठूला उद्योग, सरकारी कार्यालयहरु, सडक र उच्च सुरक्षा चाहिने ठाउँका लागि डिजाइन गरिएको विभिन्न सिरिजहरुको आफ्नै विशेषता हुनुको साथै मान्छे चिन्न, भीड गणना गर्न र गाडीको नम्बर प्लेट पढ्न क्यामेराको उपयोग उच्च रहेको छ । उपलब्ध सिरिजहरु बजेटमैत्री हुनुका साथै पर्फर्मेन्स निकै भरपर्दो मानिन्छ । एकदमै कम उज्यालोमा पनि दिनको जस्तै रंगीन दृश्य देखिने । रातीको समयमा स्पष्ट र चहकिलो भिडियो खिच्ने । अनाधिकृत व्यक्ति प्रवेश गर्दा मोबाइलमा तुरुन्तै अलर्ट पठाउने । मूल्य र प्रविधिको सन्तुलन मिलाइएको हाईटेक इन्टरनेशनलका सिनियर टेक्निकल एक्जुकेटिभ शिव बास्ताकोटी दाबी गरे ।

तिलोत्तमा–१३ का स्थानीय युवा तथा समाजसेवी धनबहादुर चौधरीले सञ्चालन गरेको उक्त कार्यक्रममा प्राविधिक तालिम तथा ज्ञान हाईटेक इन्टरनेशनलका सिनियर टेक्निकल एक्जुकेटिभ शिव बास्ताकोटी दिएका थिए भने, कार्यक्रमको समापनमा अतिथिहरूलाई मायाको चिनो र सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

World Link
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Share via