निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न

तिलोत्तमा । रूपन्देहीको मणिग्राम, शंकरपुरस्थित किण्डरवल्र्ड मण्टेश्वरी स्कूलका विद्यार्थीका लागि निःशुल्क आँखा शिविर सोमबार सम्पन्न भएको छ । श्रीकृष्ण नेत्रालय बुटवल शाखाको प्राविधिक सहयोगमा आयोजित शिविरमा ६७ जना विद्यार्थी र ११ जना शिक्षक तथा कर्मचारीको आँखा जाँच गरिएको थियो । जाँच गरिएका विद्यार्थीमध्ये सात जना विद्यार्थीको आँखा थप उपचारको लागि रेफर गरिएको विद्यालयका प्रिन्सिपल सुधा खतिवडा पौख्रेलले जानकारी गराए ।

श्रीकृष्ण नेत्रालयबाट गएका दृष्टि विशेषज्ञ शुभेक्षा भट्टराई र नेत्र सहायक सुनीता सोमैले आँखाको प्राविधिक जाँच गर्नुभएको थियो । स्कूलका संस्थापक केशव पाठक, अध्यक्ष मुक्तिनाथ गैह्रे, स्कूलका निर्देशक सुवर्णा पाण्डेय, लगायतको उपस्थितिमा कार्यक्रम भएको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

सम्बन्धित लेखहरू

प्रभु बैंकका अधिकारीहरू पक्राउ: बैंकिङ कसूरमा अनुसन्धान जारी

काठमाडौं । प्रभु बैंक लिमिटेडका कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहितका व्यक्तिहरूले नेपाल राष्ट्र बैंकको निर्देशन र प्रचलित कानून...

भ्रष्टाचारको मुहान निर्वाचन खर्च : पैसाले कब्जा गरेको लोकतन्त्र

रमेश कुमार बोहोरा भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने...

प्रविधिमैत्री प्रशासन, पारदर्शी शासनमा जोडदिंदै बर्दघाट नगरपालिका नवलपरासी

पोसकान्त पोखरेल बुटवल, माघ २५ बिहान १० बजेको राष्ट्रिय गानको प्रार्थना सहित कार्यआरम्भ गर्ने बर्दघाट नगरपालिका, नवलपरासीले सुशासनयुक्त प्रशासनिक सेवालाई...

ग्रामीण र मध्यमस्तरका व्यवसायमा आर्थिक गतिविधि सुस्त हुँदा विकास बैंकहरूको कर्जा प्रवाह ऋणात्मक

पोसकान्त पोखरेल बुटवल ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को चार महिना अर्थात कात्तिक मसान्त...