‘भिजिट भिसालाई पारदर्शी र व्यवस्थित गरियोस्’: सांसद चौधरी

काठमाडौं । नेकपा एमालेकी सांसद भगबती चौधरीले भिजिट भिसालाई पारदर्शी र व्यवस्थित गरिनुपर्ने बताएकी छन् । संसदमा विशेष समय लिएर बोल्दै पूर्वमन्त्री समेत रहेकी सांसद चौधरीले बैदेशिक रोजगारीमा युएई तथा खाडी मुलुकहरुमा गएका नेपालीहरुले शारिरीक, मानसिक र कानुनी समस्याहरु झेलिरहेको जानकारी गराउँदै भिजिट भिसालाई रोक्नु भन्दापनि पारदर्शी र व्यवस्थित गरिनु पर्ने जिकीर गरिन ।

‘भिजिट भिसामा विदेशिएका नागरिक ठगिएको संख्या बढ्दै गएको छ । भिजिट भिसामा जाँदा दलाललाई लाखौं रकम बुझाउनु पर्ने, भने जस्तो काम नपाउने, कतिपय अवस्थामा शारिरीक तथा कानुनी अप्ठ्यारोमा पर्दा उद्धार गर्न पनि असहजता छ ।’ सांसद चौधरीले यस्ता घटनामा परेका नेपाली नागरिकको उद्धारका लागि नेपाल सरकारले नै सहजीकरणको जिम्मा लिनुपर्ने बताईन ।

एक साताअघि यूएईको दुबईमा भएको दोस्रो अन्तराष्ट्रिय महिला सांसद तथा चेन्जमेकर्सको कन्कलेभमा सहभागी हुँदा बैदेशिक रोजगारीमा रहेका नेपालीहरुसँगको भेटघाटमा उनीहरुले भोग्नु परेको सास्ती र पीडा सुन्ने क्रममा अधिकांश नेपालीहरुले तोकिएको काम तथा तलब र सेवा सुविधा नपाएको, दुव्र्यहार सहनु परेको तथा कतिपय महिला पुरुषहरुले कानुनी समस्यामा भोगिरहेको अवगत गराएको सांसद चौधरीले जानकारी गराईन ।

सांसद चौधरीले भिजिट भिसालाई कानुन अनुसार औपचारिक ढंगबाट जान आउन रोक लगाइए दलाल तथा विचौलिया नै प्रसय पाउने भएकाले बरु त्यसलाई ब्यवस्थित र पारदर्शी बनाउन आग्रह गरिन ।

यस्तै चौधरीले घरेलु कामदारको रुपमा नेपाली महिलाहरुलाई जिटूजि मार्फत पठाउन पनि आग्रह गरिन। बैदेशिक रोजगारका लागि विदेशिएका नेपाली महिलाहरुलाई तस्कर तथा हिंसाबाट जोगाउन जिटूजि व्यवस्था अनिवार्य गरिनुपर्ने उहाँको तर्क छ । कामदारहरुलाई सर्भेन्ट अर्थात् नोकर भन्ने शब्दको सट्टा केयर गिभर, हाउस किपर जस्ता शब्दहरु राखिँदा नेपालीहरु प्रति हेर्ने दृष्टिकोण परिवर्तन हुनसक्ने सांसद चौधरीको जिकीर छ ।

उहाँले विदेशमा रहेका नेपाली अविवाहित महिला तथा पुरुषबाट जन्मेका बच्चाहरु नेपाल लैजान पनि समस्या रहेको अवगत गराईन । ‘नेपालबाट बैदेशिक रोजगारीमा गएका अविवाहित महिला पुरुषहरु बाध्यता, करकाप र घरेलु यौन हिँसाको शिकारमा परेर बच्चा जन्माएका छन् । कागजको अभावले अस्पताल जान नसक्ने, जोखिमपूर्ण तवरले घरमै बर्थिङ गर्नुपर्ने तथा स्वदेश समेत फर्काउन नसक्ने परिस्थितिमा यस्ता समस्या समाधानका लागि नेपाल सरकारले मानवीय तथा कानूनी सहायता प्रदान गर्नुपर्ने सांसद चौधरीले उल्लेख गरिन।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

सम्बन्धित लेखहरू

नेपाली जनसम्पर्क समिति फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, शिवराम भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन

पेरिस, फ्रान्स पेरिसमा सम्पन्न नेपाली जनसम्पर्क समिति फ्रान्सको तेस्रो अधिवेशनले शिवराम भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको...

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि गरेको दाबी

बुटवल । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेडले ११ लाख एफटिटिएच (फाइबर टु द...

लिखत सम्बन्धी कसूरमा नविन कुमार अग्रवाल वीरगञ्जबाट पक्राउ

काठमाडौँ — नेपाल सरकारले आयातमा पूर्ण बन्देज लगाएको छोकडा (खजुर) भित्र्याउन सरकारी निकायको नक्कली कागजात र हस्ताक्षर किर्ते...

“स्थानीय तहको आत्मनिर्भरता र प्रशासनिक दक्षता नै नागरिकको घरदैलोसम्म पुग्ने आधार हो”

माधव पोख्रेल प्रमुख प्रशासकीय अधिकृत, कञ्चन गाउँपालिका रुपन्देही विगत ११ वर्षदेखि निजामती सेवामा निरन्तर समर्पित माधव पोख्रेल एक कुशल, सबल...