कोटहीमाईको वित्तीय प्रगति ७७ प्रतिशत भन्दा धेरै

बुटवल । कोटहीमाई गाउँपालिका, रुपन्देहीले चालु आर्थिक बर्ष २०८१/८२ मा ७७ दशमलव ८८ प्रतिशत वित्तीय प्रगति गरेको छ । गाउँपालिकाका लेखा अधिकृत निरञ्जन ज्ञवालीका अनुसार गाउँपालिकाले ४७ करोड ६९ लाख २५ हजार रुपैयाँ कूल विनियोजित बजेटमा ३७ करोड १४ लाख ६५ हजार रुपैयाँ वित्तीय प्रगति गरेको छ ।

पालिकाले चालुतर्फको कूल ३३ करोड ६७ लाख २५ हजार रुपैयाँमा २७ करोड ५८ लाख ७१ हजार रुपैयाँ खर्च गरेको छ भने, पुँजीगततर्फको कूल १४ करोड दुई लाख रुपैयाँमा नौं करोड ५५ लाख ९३ हजार रुपैयाँ खर्च भएको लेखा अधिकृत ज्ञवालीले जानकारी गराए ।

- Advertisement -spot_img

थप लेखहरू

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

नवीनतम लेख