मायादेवी गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अग्नि परीक्षा सम्वाददाता

बुटवल ।  कपिलवस्तुको मायादेवी गाउँपालिकाका तत्कालीन तीन प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले प्रमुख प्रशासकीय अधिकृतहरू रामचन्द्र ढकाल, प्रमेश्वर यादव, कृष्णप्रसाद तिमिल्सनासहित सात जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । यस्तै गाउँपालिकाका तत्कालीन लेखा अधिकृत प्रकाश गौतम, सिनियर अहेब महेन्द्रप्रसाद यादव, लेखापाल तुल्सीराम पौडेल र लेखा कर्मचारी गिरीराज गौतमविरुद्ध पनि मुद्दा दायर भएको छ । उनीहरूले पेश्की रकम फिर्ता नगरी ४६ लाख रुपैयाँभन्दा धेरै रकम अनियमितता गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । अख्तियारले उनीहरूसँग फरक फरक बिगो माग गरेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

सम्बन्धित लेखहरू

लिखत सम्बन्धी कसूरमा नविन कुमार अग्रवाल वीरगञ्जबाट पक्राउ

काठमाडौँ — नेपाल सरकारले आयातमा पूर्ण बन्देज लगाएको छोकडा (खजुर) भित्र्याउन सरकारी निकायको नक्कली कागजात र हस्ताक्षर किर्ते...

“स्थानीय तहको आत्मनिर्भरता र प्रशासनिक दक्षता नै नागरिकको घरदैलोसम्म पुग्ने आधार हो”

माधव पोख्रेल प्रमुख प्रशासकीय अधिकृत, कञ्चन गाउँपालिका रुपन्देही विगत ११ वर्षदेखि निजामती सेवामा निरन्तर समर्पित माधव पोख्रेल एक कुशल, सबल...

“असीमित जनअपेक्षा र सीमित श्रोत साधनका बीच प्राथमिकताका आधारमा योजना कार्यान्वयन गर्ने गरेका छौं”

मधुकृष्ण पौड्याल प्रमुख प्रशासकीय अधिकृत, देवदह नगरपालिका, रुपन्देही गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका वडा नं ३ हर्दिनेटा (साविक हर्दिनेटा गा...

नेपाल राष्ट्र बैंकद्वारा तीन वाणिज्य बैंकमाथि कडा कारबाही

काठमाडौँ । नेपाल राष्ट्र बैंक, बैंक सुपरिवेक्षण विभागले चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रयमासको निरीक्षणका क्रममा नियमविपरीत...