गुल्मीदरबार गाउँपालिकाका ९५ प्रतिशत घरमा स्वच्छ पिउने पानीका धारा

Date:

Share post:

पोसकान्त पोखरेल

बुटवल । कुनै समयमा पिउने पानीको अभावको कारण हाहाकार मच्चिने गरेको गुल्मी दरबार गाउँपालिकामा संघीयता कार्यान्वयनमा आएसँगै गाउँपालिकाले सुरु गरेको ‘एक घर एक स्वच्छ पिउने पानीको धारा’ अभियान लभग लभग अन्तिम चरणमा पुगेको छ । २०७४ साल देखि सुरु गरेको ‘एक घर एक स्वच्छ पिउने पानीको धारा’ अभियान बल्ल अन्तिम चरणमा पुगेको छ । पालिकामा आफ्नै पानीका मुहानहरुको अवस्था अत्यन्तै कमजोर छ । विशेष गरेर लिफ्टिङ प्रणालीको प्रयोग गरेर प्रत्येक घरमा पानी पु-याउन सफल भएका छौं । कहिंकतै केही विकट क्षेत्रका घरहरु छुटेका छन् । ति घरहरुमा पनि छिट्टै पानीको व्यवस्था मिलाउने छौं । पानीको श्रोत तल गाउँपालिका माथि हुँदा लिफ्टिङ प्रणाली सञ्चालनका लागि दर्जन भन्दा धेरै साना तथा ठुला योजनाहरु सञ्चालनमा आएका छन् । जसको कारणले गाउँपालिकाकाको ‘एक घर एक स्वच्छ पिउने पानीको धारा’ अभियान लभगलभग सफल भएको छ, अध्यक्ष सरोज कुमार थापाले भने ।

अध्यक्ष थापाले गाउँपालिकामा भएका विभिन्न अशल अभ्यासहरुको बारेमा जानकारी गराउँदै सीमित श्रोत र साधनको कारणले शतप्रतिशत नतिजा दिन नसकेपनि निर्वाचनमा गरेका बाचाहरुमा ८० प्रतिशत बाचाहरु पुरा गर्ने दाबी गरे । अध्यक्ष थापाले शिक्षा, स्वास्थ्य, पिउनेपानी, पूर्वाधार विकास र कृषि क्षेत्रमा धेरै बाचाहरु गरेका थियौं । गुणस्तरको हिसाबले शिक्षाको क्षेत्रमा गाउँपालिका दोश्रो तेश्रो स्थानमा पर्न सफल हुँदै आएको छ । खेलकुद विकासका कार्यक्रमहरु पनि तीब्र रुपमा अगाडी बढाएका छौं । स्वास्थ्यको क्षेत्रमा नेपालकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका बन्न सफल भएका छौं । लुम्बिनी प्रदेशका नौं वटा आधारभूत अस्पतालहरु मध्ये गुल्मी जिल्लाकै पहिलो आधारभूत अस्पताल सञ्चालनमा ल्याउन सफल भएका छौं जहाँ दुई जना विशेषज्ञ डाक्टरहरु सहित ल्याब लगायतका विभिन्न सेवा सुविधाहरु उपलब्ध हुने गरेका छन् । पूर्वाधारको क्षेत्रमा भेडुवा देखि तम्घास जोड्ने सडकमा सडक चौडा बनाएर कालोपत्रे गर्ने काम भैरहेको छ । फेरी १६ करोड रुपैयाँ थपेर यो बर्ष पनि कालोपत्रे हुँदै छ । ४३ करोड रुपैयाँ लागतमा गौडाकोट देखि मझुवा सम्मको सडक कालोपत्रे भैरहेको छ । ४० बर्ष देखि धुलेयाम्म खरज्याङ देखि घुम्तीसम्मको सडक पनि कालोपत्रे भएर सकिने क्रममा रहेको छ । उपल्लो हटिया देखि खरज्याङ जोड्ने सडक पनि कालोपत्रे हुँदै छ । रेसुङ्गा विमानस्थल जोड्ने बाटोको पनि स्तरोन्नती भएको छ । शिक्षा, स्वास्थ्य कृषि, लगायतका क्षेत्रहरुको अन्य विभिन्न सामुदायिक भवनहरु निर्माण लगायतका कामहरु भएका छन्, अध्यक्ष थापाले भने ।

कृषि क्षेत्रको विकासमा गाउँपालिका धेरै कामहरु भएको बताउँदै अध्यक्ष थापाले मुख्यमन्त्री नवप्रवर्तक कार्यक्रमहरु पनि सञ्चालनमा ल्याएका छौं । गाउँपालिकाले प्रविधीमैत्री कृषि प्रणालीलाई अंगालेको हुँदा कृषि क्षेत्रमा उत्पादन बढ्दै गएको छ । जसले गर्दा आत्मनिर्भर मात्र नभएर निर्यात गर्ने अवस्थामा पुग्नु पालिकाबासीको लागि निकै खुशीको कुरा हो । कृषि क्षेत्रको विकासमा विभिन्न प्रवद्र्धनका कार्यक्रमहरु सञ्चालन गर्दै बढ्दो बसाईसराईदरलाई रोक्न गाउँपालिकाले कृषि क्षेत्रमा मलबीउविजन देखि धेरै सहुलियत तथा अनुदानका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । जसलेगर्दा कृषि कर्ममा लाग्नेहरुको मनोबल गिर्ने अवस्थामा नभएर बढ्दो अवस्थामा रहेको छ ।

  चालु आर्थिक बर्षमा गाउँपालिकाले बजेट र नीति तथा कार्यक्रममा छुट्याईएका योजनाहरु कार्यान्वयनमा ल्याउन सुरु भैसकेको जानकारी गराउँदै प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलले भौगोलिक विकटता, कार्यशैलीको तौरतरिका जस्ता केही समस्या तथा चुनौतिहरु भएपनि बजेट अभाव र अन्य कुनै समस्याहरु नआएको अवस्थामा निर्धारित समयभित्रै योजनाहरु सम्पन्न गर्नको लागि उपभोक्ता समिति, ठेकेदारलाई ताकेता गर्न सुरु गरेको बताए । कुनै पनि आर्थिक बर्षका सुरुका चार महिना धेरै सार्वजनिक विदाहरु हुने र बर्षा भैरहने हुँदा केही ढिलो योजनाहरुमा काम सुरु हुने हुँदा समयमै योजना सकिंदैनन् कि भन्ने आमनागरिकहरुको गुनासो रहने गरेतापनि सबैले आफ्नो आफ्नो काम गर्ने हो भने बहुबर्षिय ठुला योजनाहरु बाहेक सबै काम एक/दुई महिना भन्दा बढी समय नलाग्ने बताए । उनले टेण्डर प्रक्रियाबाट हुने योजनाहरुको टेण्डर आव्हान भैसकेको र केही योजनाहरु सम्झौता समेत भैसकेको जानकारी गराउँदै बाँकी योजनाहरुको सम्झौता पनि मंसिर मसान्त सम्म सम्पन्न गर्ने तयारी भएको बताए ।

  गुल्मी दरबारमा सीमित श्रोत साधन, पूर्वाधारको अभाव, प्राकृतिक जोखिम तथा भौगोलिक विकटता, रोजगारीको अभाव, जनशक्ति पलायन, सामाजिक असमानता, प्रविधीको पहुँच बृद्धिमा समस्या जस्ता धेरै कारणहरु चुनौतीको रुपमा भएपनि गाउँपालिकामा कृषि, पर्यटन, श्रम शक्तिको प्रयोग सामाजिक सद्भाव र सामुदायीक सहभागिता, सञ्चार र प्रविधी क्षेत्रमा विस्तार आफ्नै स्वयत्तता र अधिकार जस्ता कारणहरु पालिकाको विकासका अवसरहरु भएकोले विकास निर्माणको क्षेत्रमा एक भएर लागेको अवस्थामा क्रमिक रुपमा विकास भई समृद्धिको बाटो पहिल्याउन सकिने अवस्था रहेको प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी गराए ।

‘समुन्नत गाउँपालिका, सुखी नागरिक’ गाउँपालिकाको मूल मन्त्र भएको बताउँदै सहायक लेखा अधिकृत तेजेन्द्र थापाले गाउँपालिकामा आन्तरिक आम्दानीका श्रोतहरु कम भएकोले संघ र प्रदेश सरकारबाट आउने वित्तीय हस्तान्तरणका कार्यक्रमहरु मुख्य श्रोत भएको बताए । थापाले आर्थिक विकासका लागि उद्योग, व्यावसाय, रोजगार तथा पर्यटन, कृषि तथा पशुपंक्षी लगायतका सम्भावित क्षेत्रहरुमा भएको विकासले पालिकाका सर्वसाधारणहरुको आर्थिकस्तर बृद्धिमा ठुलो सहयोग पुगेको बताए । उनले राजस्व तथा आन्तरिक श्रोत बृद्धिको लागि गाउँपालिकाले करको दायरा बृद्धि गर्ने, राजस्व सुधार कार्ययोजना तर्जुमा गरी राजस्व संकलनको लागि नीतिगत र संरचनागत सुधार गर्ने, सम्पत्ती कर र भूमिकरलाई बैज्ञानिक र समय सापेक्ष बनाउने, बढी कर तिर्ने करदातालाई सम्मान गर्ने, कर तिर्नुपर्छ र हामीले तिरेको कर हाम्रै क्षेत्रको विकासका लागि हुन्छ भन्ने नागरिकमा जनचेतना बृद्धि गर्ने जस्ता रणनीतिहरु अवलम्बन गर्दै आन्तरिक श्रोत बृद्धिमा लागि परेको बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Discover these Waterproof and Rugged Smartphones that Go on Sale

spot_img

Related articles

Discover these Waterproof and Rugged Smartphones that Go on Sale

I actually first read this as alkalizing meaning effecting pH level, and I was like, OK I guess...

New Soundboard Review: Pricing is Not Always the Only Criteria

I actually first read this as alkalizing meaning effecting pH level, and I was like, OK I guess...

Computers Climb the List of the Top Gadgets in Forbes Magazine

I actually first read this as alkalizing meaning effecting pH level, and I was like, OK I guess...

Technology Will Help Keep Your Smartphone from Becoming Obsolete

I actually first read this as alkalizing meaning effecting pH level, and I was like, OK I guess...