डेभलपमेण्ट बैँकर्स एशोसिएसनको अध्यक्षमा श्रेष्ठ

बुटवल ।  डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ पुनः निर्वाचित भएका छन् । आज बिहिबार पोखरामा सम्पन्न भएको एशोसियसनको १९औं वार्षिक साधारण सभाले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्वत रुपमा चयन गरेको हो ।

  त्यस्तै, उपाध्यक्षमा कामना सेवा बिकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली, सचिवमा गरिमा बिकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत माधब प्रसाद उपाध्याय, कोषाध्यक्षमा ज्योति विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल र सदस्यहरुमा लुम्विनी विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा, शाइन रेसुंगा डेभलपमेण्ट बैंक लिमिटेडका प्रकाश पौडेल, महालक्ष्मी बिकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिपेश लम्साल, ग्रिन डेभलपमेण्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकी, सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश पोखरेल निर्वाचित भएको एशोसिएसनकी कार्यकारी अधिकृत मन्जिला डंगोलले जानकारी गराईन ।

   डंगोलका अनुसार एशोसियसनको उक्त १९ औं वार्षिक साधारण सभाले आ.व. २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, आ.व. २०८१/८२को अनुमानित आयब्यय र लेखापरीक्षक नियुक्ति लगायतका प्रस्तावहरु  पारित गरेको छ । निर्वाचित अध्यक्ष श्रेष्ठले आफूलाई पुनः अध्यक्ष पदमा निर्वाचित गरेकोमा धन्यवाद ज्ञापन गर्दै सबै सदस्य बैंकहरुको सहयोगबाट बिकास बैंकहरुको हक र हितका लागि कार्य गर्ने प्रतिबद्धता जनाए । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले एसोसिएसनलाई वर्तमान सम्म आउनको लागि सदस्य विकास बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुले खेलेकोे भूमिकालाई ह्दय देखि नै धन्यवादका साथै सम्मान गर्दैै भोलिका दिनमा पनि नीतिगत काय गर्नको लागि सुझाव सल्लाहको आवश्यकता भएको औल्याउँदै त्यसका लागि आफू विश्वस्त भएको बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

सम्बन्धित लेखहरू

एसियन स्मार्ट एग्रोको बृहत अन्तरक्रिया सम्पन्नः निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाइने

सिराहा । एसियन स्मार्ट एग्रो कम्पनी लिमिटेडको विशेष अन्तरक्रिया कार्यक्रम सिराहाको गोलबजारस्थित होटेल पावन मिथिलामा भव्यताका साथ सम्पन्न...

नेपाल राष्ट्र बैंकद्वारा तीन वाणिज्य बैंकमाथि कडा कारबाही

काठमाडौँ । नेपाल राष्ट्र बैंक, बैंक सुपरिवेक्षण विभागले चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रयमासको निरीक्षणका क्रममा नियमविपरीत...

एसियन स्मार्ट एग्रो कम्पनीको विशेष साधारण सभा सम्पन्न

लहान । एसियन स्मार्ट एग्रो कम्पनी लिमिटेडको विशेष साधारण सभा २ गते शनिबार सिरहाको लहानस्थित केन्द्रीय कार्यालयमा भव्य...

पाँच दशमलव सात प्रतिशतले बढ्यो निक्षेप

काठमाडौं । बैंकिङ क्षेत्रको निक्षेप रकम बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको पुस मसान्तसम्ममाबैंक...