अर्थ/व्यापारसमाचार

उन्नती सहकार्य लघुवित्तको खुद मुनाफामा उल्लेख्य बृद्धि,

चालु आर्थिक बर्षको छ महिनामा कमायो दुई करोड १० लाख रुपैंयाँ खुद मुनाफा

बुटवल ।  उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद मुनाफा उल्लेख्यरुपमा बढेको छ । संस्थाले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा दुई करोड १० लाख ३८ हजार पाँच सय ६९ रुपैंयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो मुनाफा ६३ लाख ८३ हजार दुई सय २१ रुपैंयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी २४ करोड ६८ लाख ६५ हजार सात सय ३६ रुपैंयाँ रहेको संस्थाले चालु आवको दोस्रो त्रैमासमा एक अर्ब २६ करोड १३ लाख ४६ हजार सात सय ४६ रुपैंयाँ निक्षेप संकलन गरी तीन अर्ब ७८ करोड १९ लाख ५७ हजार तीन सय चार रुपैंयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १३ करोड ८८ लाख सात हजार सात सय ४४ रुपैंयाँ खुद व्याज आम्दानी गरेको संस्थामा नौं दशमलव ८६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । प्रतिशेयर आम्दानी १७ रुपैंयाँ चार पैसा रहेको संस्थाको प्रतिशेयर नेटर्वथ एक सय ५९ रुपैंयाँ ३७ पैसा रहेको छ । चालु आवको दोस्रो त्रैमासमा संस्थाको वित्तरणयोग्य नाफा भने एक करोड ६३ लाख चार हजार आठ सय ९१ रुपैंयाँ रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब २० करोड ९५ लाख ९२ हजार छ सय चार रुपैंयाँ निक्षेप संकलन गरी तीन अर्ब ७७ करोड १२ लाख ७८ हजार एक सय ६० रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ११ करोड ७२ लाख ६३ हजार पाँच सय ८४ रुपैंयाँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव ८३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।

World Link
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Share via