ज्याठाबाट सात चिनियाँ नागरिक पक्राउ

काठमाडौं । काठमाडौंको पर्यटकीय क्षेत्र ज्याठामा अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास (VOIP) सञ्चालन गरिरहेको अवस्थामा सात जना चिनियाँ नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) बाट खटिएको टोलीले काठमाडौं महानगरपालिका वडा नं. २७, ज्याठास्थित चिनियाँ नागरिक LIU PAN सञ्चालन गरेको Liu Pan Hotel with Restaurant मा छापा मारी उनीहरूलाई पक्राउ गरेको हो ।

नेपाल टेलिकम र एनसेल प्रा.लि.को प्राविधिक सहयोग तथा समन्वयमा ब्यूरोले उक्त स्थानमा निगरानी बढाएको थियो । चिनियाँ नागरिक LIU PAN ले सञ्चालन गरेको उक्त होटलमा इन्टरनेटको प्रयोग गरी अवैध रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास भइरहेको गोप्य सूचनाको आधारमा आज मिति आज मंगलबार २९ गते छापा मारिएको प्रहरीले जनाएको छ ।  पक्राउ पर्नेहरूमा ३३ बर्षको LIU PAN, ३१ बर्षको GAO ZHIKUN, ४१ बर्षको LIU JIANWEI, ४१ बर्षको DU SHUANGSHENG, ३८ बर्षको PENG KANG, ४९ बर्षको CHAI ZHIXIN , ४२ बर्षको ZHANG HAO रहेका छन् ।

प्रहरीले घटनास्थलबाट कल बाइपासमा प्रयोग गरिएका विभिन्न आधुनिक उपकरणहरू समेत बरामद गरेको छ । पक्राउ परेका सातै जनामाथि दूरसञ्चार ऐन, २०५३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य अगाडि बढाइएको ब्यूरोले जानकारी दिएको छ । अवैध VOIP सञ्चालनका कारण राज्यले राजस्व र दूरसञ्चार सेवा प्रदायकहरूले करोडौँको आम्दानी गुमाउँदै आएका छन् । यसअघि पनि काठमाडौंका विभिन्न स्थानमा चिनियाँ नागरिकहरू यस्तै अवैध गतिविधिमा संलग्न रहँदै आएका फेला परेका थिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

सम्बन्धित लेखहरू

लिखत सम्बन्धी कसूरमा नविन कुमार अग्रवाल वीरगञ्जबाट पक्राउ

काठमाडौँ — नेपाल सरकारले आयातमा पूर्ण बन्देज लगाएको छोकडा (खजुर) भित्र्याउन सरकारी निकायको नक्कली कागजात र हस्ताक्षर किर्ते...

“स्थानीय तहको आत्मनिर्भरता र प्रशासनिक दक्षता नै नागरिकको घरदैलोसम्म पुग्ने आधार हो”

माधव पोख्रेल प्रमुख प्रशासकीय अधिकृत, कञ्चन गाउँपालिका रुपन्देही विगत ११ वर्षदेखि निजामती सेवामा निरन्तर समर्पित माधव पोख्रेल एक कुशल, सबल...

“असीमित जनअपेक्षा र सीमित श्रोत साधनका बीच प्राथमिकताका आधारमा योजना कार्यान्वयन गर्ने गरेका छौं”

मधुकृष्ण पौड्याल प्रमुख प्रशासकीय अधिकृत, देवदह नगरपालिका, रुपन्देही गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका वडा नं ३ हर्दिनेटा (साविक हर्दिनेटा गा...

नेपाल राष्ट्र बैंकद्वारा तीन वाणिज्य बैंकमाथि कडा कारबाही

काठमाडौँ । नेपाल राष्ट्र बैंक, बैंक सुपरिवेक्षण विभागले चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रयमासको निरीक्षणका क्रममा नियमविपरीत...