शेयर मूल्य कृत्रिम रूपमा बढाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

अग्नि परीक्षा
बुटवल । नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ अनुसार दिपेन्द्र अग्रवाललाई धितोपत्र सम्बन्धी ऐन, २०६३ उल्लंघन गरेको आरोपमा काठमाडौंबाट पक्राउ गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय सूचना कक्षका अनुसार अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर खरिद–बिक्रीमा भ्रामक सूचना सार्वजनिक गरी करिब ४९ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । साथै, उनले अन्य टीएमएस यूजर प्रयोग गरी आपसी खरिद–बिक्री गरेको र आफन्त वा सम्बन्धित संस्थाबीच वास्तविक स्वामित्व नबदलिने गरी कारोबार गर्दा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य कृत्रिम रूपमा बढाएको देखिएको छ ।

नेपाल धितोपत्र बोर्डको प्रारम्भिक प्रतिवेदन अनुसार, अग्रवालले झुठो कारोबार र मूल्य प्रभावित गर्ने कसूर गरेको ठहर गरिएको छ । काठमाडौं जिल्ला अदालत, बबरमहलले पक्राउ अनुमति दिएपछि, अग्रवाललाई आज मंसिर ४ गते काठमाडौं महानगरपालिका वडा नं. ४, चुनदेवीबाट पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको छ सूचना कक्षले जनाएको छ । नेपाल धितोपत्र बोर्डले यस घटनाको विस्तृत अनुसन्धान गरेर आवश्यक कारबाही अघि बढाउने जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

सम्बन्धित लेखहरू

एसियन स्मार्ट एग्रोको बृहत अन्तरक्रिया सम्पन्नः निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाइने

सिराहा । एसियन स्मार्ट एग्रो कम्पनी लिमिटेडको विशेष अन्तरक्रिया कार्यक्रम सिराहाको गोलबजारस्थित होटेल पावन मिथिलामा भव्यताका साथ सम्पन्न...

लिखत सम्बन्धी कसूरमा नविन कुमार अग्रवाल वीरगञ्जबाट पक्राउ

काठमाडौँ — नेपाल सरकारले आयातमा पूर्ण बन्देज लगाएको छोकडा (खजुर) भित्र्याउन सरकारी निकायको नक्कली कागजात र हस्ताक्षर किर्ते...

“स्थानीय तहको आत्मनिर्भरता र प्रशासनिक दक्षता नै नागरिकको घरदैलोसम्म पुग्ने आधार हो”

माधव पोख्रेल प्रमुख प्रशासकीय अधिकृत, कञ्चन गाउँपालिका रुपन्देही विगत ११ वर्षदेखि निजामती सेवामा निरन्तर समर्पित माधव पोख्रेल एक कुशल, सबल...

“असीमित जनअपेक्षा र सीमित श्रोत साधनका बीच प्राथमिकताका आधारमा योजना कार्यान्वयन गर्ने गरेका छौं”

मधुकृष्ण पौड्याल प्रमुख प्रशासकीय अधिकृत, देवदह नगरपालिका, रुपन्देही गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका वडा नं ३ हर्दिनेटा (साविक हर्दिनेटा गा...