प्रमुख समाचारलुम्बिनीसमाचार

प्रहरीद्वारा अबैध रुपमा गोरु ओसारपसार गरिरहेको अवस्थामा नियन्त्रण

अग्नि परीक्षा सम्वाददाता
बुटवल ।  पछिल्लो समयमा नेपालबाट लाखौंको संख्यामा गाईगोरु देशबाटै गायब भएको समाचारहरु आईरहेको समयमा अबैध रुपमा गोरु ओसारपसार गरिएको अवस्थामा एक ट्रक सहित ट्रक चालक र गोरुलाई जिल्ला प्रहरी कार्यालय नवलपरासी (बसपु) ले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक वीरदत्त पन्तका अनुसार प्रहरीले १२ गते दिउँसो करिब दुई बजे बर्दघाट नगरपालिका वडा नं. ४ टिसिएन चोकस्थितमा इलाका प्रहरी कार्यालय बर्दघाट नवलपरासीबाट खटिएको प्रहरी चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको हो ।

सूचना अधिकारी पन्तले प्रहरीले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ९१७७ नं. को ट्रकलाई रोकि चेकजाँच गर्दा उक्त ट्रक भित्र जम्मा १८ वटा गोरुहरु रहेको, सो मध्ये एक वटा गोरु मृत अवस्थामा रहेको, गोरुहरुलाई निर्दयी ढंगले लैजादै गरेको अवस्थामा फेला पारी तत्काल ट्रक चालक जिल्ला मकवानपुर हेटौडा उप–महानगरपालिका वडा नं.१९ बस्तिपुर बस्ने वर्ष २८ को तोयनाथ शिवाकोटीलाई नियन्त्रणमा लिएको बताए । उनले जिवित गोरुहरुको उद्धार गरी सुनवल नगरपालिका वडा नं.३ किर्तिपुर स्थित रहेको कामधेनु गौशालामा बुझाइएको र मृत गोरुलाई बर्दघाट नगरपालिकामा कार्यरत पशु चिकित्सकको रोहवरमा आवश्यक कानूनी प्रकृया पुरा गरी व्यवस्थापन गरिएको बताए । उक्त कार्यमा संलग्न चालकलाई मूलकि अपराध संहिता, २०७४ अन्तर्गत पशुपंक्षी सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको ।

World Link
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Share via