रुपन्देही क्षेत्र नं. ३ को उपनिर्वाचन रद्द

बुटवल । रुपन्देही क्षेत्र नं. ३ को उपनिर्वाचन रद्द भएको छ । निर्वाचन आयोगद्वारा आज सोमबार जारी गरिएको विज्ञप्ती अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम यहि आउँदो कार्तिक १७ गते गर्ने भनिएको उप–निर्वाचन रद्द भएको हो ।

आयोगको विज्ञप्तीमा भनिएको छ,– प्रतिनिधि सभा सदस्य निर्वाचन रुपन्देही क्षेत्र नम्बर ३ मा उपनिर्वाचन गर्ने गरी आयोगबाट उपनिर्वाचनको मिति तोकिएकोमा राष्ट्रपतिको कार्यालयबाट मिति २०८२/०५/२७ गते प्रकाशित विज्ञप्तिबाट सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट प्रतिनिधि सभाको विघटन गरी मिति २०८२/११/२१ गते बिहीबारका दिन नयाँ प्रतिनिधि सभाको निर्वाचन गर्ने गरी मिति तोकिएकोले रूपन्देही जिल्ला, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ को उपनिर्वाचन सम्बन्धी बाँकी सम्पूर्ण कार्यक्रमहरू रद्द गर्ने गरी आयोगको मिति २०८२/०५/३० को बैठकबाट निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

सम्बन्धित लेखहरू

लिखत सम्बन्धी कसूरमा नविन कुमार अग्रवाल वीरगञ्जबाट पक्राउ

काठमाडौँ — नेपाल सरकारले आयातमा पूर्ण बन्देज लगाएको छोकडा (खजुर) भित्र्याउन सरकारी निकायको नक्कली कागजात र हस्ताक्षर किर्ते...

“स्थानीय तहको आत्मनिर्भरता र प्रशासनिक दक्षता नै नागरिकको घरदैलोसम्म पुग्ने आधार हो”

माधव पोख्रेल प्रमुख प्रशासकीय अधिकृत, कञ्चन गाउँपालिका रुपन्देही विगत ११ वर्षदेखि निजामती सेवामा निरन्तर समर्पित माधव पोख्रेल एक कुशल, सबल...

“असीमित जनअपेक्षा र सीमित श्रोत साधनका बीच प्राथमिकताका आधारमा योजना कार्यान्वयन गर्ने गरेका छौं”

मधुकृष्ण पौड्याल प्रमुख प्रशासकीय अधिकृत, देवदह नगरपालिका, रुपन्देही गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका वडा नं ३ हर्दिनेटा (साविक हर्दिनेटा गा...

नेपाल राष्ट्र बैंकद्वारा तीन वाणिज्य बैंकमाथि कडा कारबाही

काठमाडौँ । नेपाल राष्ट्र बैंक, बैंक सुपरिवेक्षण विभागले चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रयमासको निरीक्षणका क्रममा नियमविपरीत...