नागरिक आरोग्य सेवा केन्द्र सियारीबाट चार हजार भन्दा धेरैले लिए सेवा

पोसकान्त पोखरेल
बुटवल । नागरिक आरोग्य सेवा केन्द्र सियारी गाउँपालिका रुपन्देहीबाट गत आर्थिक बर्ष चार हजार जना भन्दा धेरै सेवाग्राहीले सेवा लिएका छन् । सेवा केन्द्रका कविराज जीवन पोख्रेललका अनुसार पछिल्लो सयममा आयुर्वेद सेवा लिनेहरुको संख्या बृद्धि हुँदै गएको छ । अहिले दैनिक १८ देखि २५ जना सम्म बिरामीहरु आउने गरेको अवस्था छ । यसरी प्रत्येक बर्ष आयुर्वेदिक सेवा लिन चाहनेहरुको संख्या बृद्धि हुनुको प्रमुख कारण भनेको आयुर्वेदिक चिकित्सा प्राकृतिक जडीबुटी र औषधिहरूमा आधारित हुन्छ, जसले मानिसहरूलाई रासायनिक औषधिहरूको सट्टा प्राकृतिक विकल्पहरू प्रेरित गर्नु, शारीरिक, मानसिक र आत्मिक स्वास्थ्यलाई समेटेर उपचार गर्ने हुँदा मानिसहरूलाई समग्र स्वास्थ्यको जानकारी गराउने, दीर्घकालीन समाधान प्रदान गर्नमा केन्द्रित हुन्छन्, जसले मानिसहरूलाई तात्कालिक राहतको सट्टा स्थायी स्वास्थ्य सुधारमा ध्यान दिन प्रेरित गर्दछ । आयुर्वेदले जीवनशैली र आहारको महत्वलाई जोड दिने हुँदा मानिसहरूलाई स्वस्थ जीवनशैली अपनाउन प्रोत्साहित गर्ने, कम साइड इफेक्ट कम हुने जस्ता कारणहरु रहेका छन् ।

गाउँपालिकाबाट सेवा केन्द्रले रोगको निदान र उपचारका लागि स्वास्थ्य सेवा प्रदान गर्ने, प्राथमिक स्वास्थ्य चेकअप र स्वास्थ्य परामर्श गर्ने, आवश्यक उपलब्ध औषधिहरूको वितरण गर्ने, आयुर्वेदिक उपचार र परामर्श प्रदान गर्ने, पञ्चकर्म र अन्य आयुर्वेदिक विधिहरूको प्रयोग बढाउने, योग र ध्यानको तालिम प्रदान गर्ने, स्वस्थ आहार र जीवनशैलीका बारेमा जनचेतना अभिवृद्धि गर्ने, विभिन्न स्वास्थ्य शिविर र तालिम कार्यक्रमहरूको आयोजना गर्ने, रोग अनुसारका योगको अभ्यास गराउने, ओपिडी सेवा, स्नेहन स्वदन, मातृशिशु सेवा, घरदैलो सेवा जस्ता अन्य धेरै प्रकारका सेवाहरु प्रवाह गर्ने गरेको जानकारी गराउँदै पोख्रेलले शरिर मन र आत्माको संयोय (जोड) नै योग हो । अहिले प्रतिस्पर्धाको युग छ । नसर्ने रोगहरु पनि सर्ने रोग जस्तै विश्वव्यापी रुपमा फैलिंदै गएको छन् । जसले मृत्युदर पनि बढ्दो क्रममा रहेको पाईन्छ । यसोहुनु भनेको हाम्रो खानपान र दैनिक जीवनशैली नै प्रमुख हो । अर्गानिक खानपान कम हुँदै जाँदा विषादीयुक्त खानपान र विलासी जीवनशैलीको कारण रोगीहरुको संख्या बढ्दै गएको बताए ।

हामीले खाने अधिकांस खानामा नदेखिने विष हुन्छ । त्यो विष उत्पादन गर्ने समयमा खेतीबालीलाई स्वस्थ्य देखाउनको लागि प्रयोग गरिन्छ । त्यतिबेलाको त्यो विषले उत्पादन त राम्रो र हर्लक्क हुन्छ तर त्यसले विस्तार विस्तार हाम्रो शरिरलाई रोगी बनाउँदै गएको हुन्छ । हामी फुर्सद भए मोवाईल चलाएर बस्दछौं तर स्वास्थ्यको बारेमा कम ध्यान दिन्छौं । जसलेगर्दा रोग लागेपछि पछुताउने गर्दछौं । त्यति बेला सम्म हामीलाई रोगले च्यापी सकेको हुन्छ । अनि हाम्रो अर्को समस्या भनेको रोग लागेर विस्तारामा नपरुञ्जेल सानातिना लक्षणलाई विभिन्न बाहानामा छोड्दछौं पछि त्यहि लक्षणले हामीलाई रोगी बनाउँछ । त्यसैले हामीले रोग अनुसारको योगलाई बढी प्राथमिकता दिने गरेका छौं । औषधी नदिई नहुने विरामीलाई दिने तर सकेसम्म योगमा नै अभ्यस्त गराउने गर्दछौं । तपाईलाई अनिद्रा छ तनाब छ ने तपाई भ्रामरी, शवासन, अनुलोम विलोम प्रणायाम गर्नुस तपाईको समस्या विस्तारै कमहुँदै जान्छ । तपाईलाई सुगर तथा मधुमेह छ भने गौमुखाशन, बक्रासन, भुजंगानशन गर्नुस । मोटोपना छ नौकासन, कपालभाती, धनुरासन गर्नुस । उक्त रंक्तचाप छ भने सेतुबंधासन, पश्चिमोत्तासन, उस्ट्रासन गर्नुस क्रमिक रुपमा तपाईको समस्या समाधान हुँदै जान्छ । कुनैपनि योगाभ्यास गर्दा नियमित रुपमा बिहान साँझ जति सकिन्छ त्यति समय सम्म गर्दा राम्रो हुन्छ, कविराज पोख्रेलले भने ।

अब तपाईंलाई म नियमित योगाभ्यासले नसर्ने रोगहरुबाट हामीलाई क्रमिक रुपमा मुक्त गर्दै लैजाने भयो त्यो बाहेक यसले अन्य धेरै कुराहरुमा पनि प्रत्यक्ष प्रभाव पारेको हुन्छ । हामीलाई शारिरिक तथा मानसिक रुपमा स्वस्थ्य राख्न ठुलो सहयोग पु¥याउँछ । व्यक्तिको बोली, व्यवहार र माधुर्यतामा निखारता ल्याउँदै आत्मियताको भावना जागरुप गराउने, आफ्ना काम कर्तव्य बुझ्ने, अरुका पीरमर्का बुझ्ने, मन शुद्ध हुने, बलियो र फुर्तिलो बनाउने, तनाब व्यवस्थापन गर्न सहज बनाउने, शिक्षाको गुणस्तरमा सुधार ल्याउने, जीनिक दिनचर्यामा सकारात्मक परिवर्तन ल्याउने जस्ता धेरै कुराहरुमा समाधानको सारथी भएको हुँदा बच्चा देखि बृद्धावस्था सम्मका सबैले योगलाई जीवनको एउटा पाटो र दिनकर्मको रुपमा लैजानु पर्नेमा पोख्रेलको सुझाव छ ।

- Advertisement -spot_img

थप लेखहरू

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

नवीनतम लेख