महिलाहरुको शैक्षिक विकासमा सुनवल नगरपालिकाको अनुकरणीय कार्य

पोसकान्त पोखरेल

बुटवल । शिक्षाको कारण घर, टोल, समाज र देशमै आफूलाई कमजोर महसुस गर्ने र मेरो पनि शिक्षा भएको भए म पनि यस्तो हुने थिए भन्ने महिला दिदी बहिनीहरुको शिक्षा ग्रहण गर्ने चाहनालाई पुरा गर्दै शिक्षा क्षेत्रमा महिला दिदीबहिनीहरुको उपस्थिती उच्च बनाउने उद्देश्यका साथ सुनवल नगरपालिका नवलपरासीले महिला दिदी बहिनीहरुको शैक्षिक विकासमा अनुकरणीय कार्य गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलका अनुसार नगरपालिकामा नगरपालिकाले महिला समता विद्यालयको स्थापना गरेर महिला दिदी बहिनीको शिक्षा प्रति देखिने लगावलाई पूर्ण गर्न विद्यालय स्थापना गरेको हो । नगरपालिकाको उक्त प्रयास लुम्बिनी प्रदेशमै पहिलो हुन समेत सफल भएको छ ।

हाम्रो मुख्य उद्देश्य भनेको पढ्दा पढ्दै पारिवारिक वा अन्य विभिन्न कारणले पढाई बिचैमा छोड्नु भएका, पढ्दै नपढ्नु भएका सबै उमेर समूहका महिला दिदीबहिनीको पढ्ने लेख्ने चाहनालाई पुरा गर्नको लागि विद्यालयको आवश्यकता महसुस गरी स्थापना गरेका हौं । जसको कारणले महिलाहरुको शैक्षिक विकास र दैनिक जीवनमा त्यसले सकारात्मक प्रभाव पारेको छ । पढ्ने चाहना हुने तर कहाँ गएर पढौं ? के पढौं ? कसरी पढौं ? सबै म भन्दा साना साना हुन्छन् ! मलाई गिज्याउँछन् ! जस्ता विभिन्न कारणहरुले पढ्ने चाहना हुँदाहुँदै पनि मन भित्रै आफ्ना सकारात्मक चाहनालाई दवाएर राख्नु भएका सबै महिला दिदी एकबद्ध गरी उहाँहरुको मनमा उब्जिएका सबै प्रश्नहरुको समाधान गर्न समता विद्यालयको स्थापना गरिएको हो । हाल उक्त विद्यालयमा दुई सय भन्दा धेरैले अध्ययन गरिरहनु भएको छ । उहाँहरुको उच्च उपस्थितीले समाजमा एउटा सकारात्मक सन्देशको प्रवाह भै बढ्नु पर्छ भन्ने भावनाको विकास भएको पाईन्छ, प्रमुख प्रशासकीय अधिकृत पौडेलले भने ।

प्रमुख प्रशासकीय अधिकृत पौडेलले ११ वटा वडाहरुमा महिला लघुउद्यमशिलताको विकासका लागि मेसिनरी सहितको सामूहिक तालिमको व्यवस्था, पाँच हजार लिटरसम्म निःशुल्क खानेपानीको व्यवस्था, निःशुल्क फिजियो थेरापी, गर्भवती, सुत्केरी, जेष्ठ नागरिक, अशक्त निःशुल्क एम्बुलेन्सको व्यवस्था, अपांङ्ग र जेष्ठनागरिकलाई घरमै गएर स्वास्थ्योपचारको व्यवस्था, सिकाई उपलब्धी सुधार कार्यक्रम, नवप्रवर्तनका कार्यक्रमहरु सञ्चालन जस्ता विभिन्न क्षेत्रहरुमा दर्जनौं अशलअभ्यास गर्दै नगरपालिकाको ‘समृद्ध नगर सुखी नगरबासी’को संकल्पलाई पुरा गर्न “सामाजिक सुरक्षा, सुशासन, न्याय विकास र समानताः समृद्ध नगर सुखि नगरबासी हाम्रो प्रतिवद्धता” भन्ने महत्वकांक्षालाई पुरा गर्न सोही अनुसारका योजनाहरु कार्यान्वयनमा ल्याएको बताए ।

चालु आर्थिक बर्षका लागि विनियोजित बजेटमा छुट्याईएका योजनाहरु कार्यान्वयनमा आउन सुरु भैसकेको जानकारी गराउँदै प्रमुख प्रशासकीय अधिकृत पौडेलले धेरै जसो योजनाहरु सम्झौता भई सकेको र बाँकी योजनाहरुको सम्झौता छिट्र्टै सम्पन्न गरेर बैशाख भित्रै योजना सम्पन्न गर्ने योजना रहेको बताए । पौडेलले दश लाख भन्दा माथिका सबै योजनाहरु टेण्डर प्रक्रियाबाट गर्दछौं । त्यो भन्दा तलका योजनाहरु उपभोक्ता समिति मार्फत गर्दछौं । राज्यको उद्देश्य अनुरुप स्थानीयस्तरमा रोजगारीका अवसरहरु उपलब्ध गराउनुपर्छ भन्ने नगरपालिकाको चाहना भएकोले हामीले सकेसम्म उपभोक्ताहरुले नै काम गरेर आफ्नो आर्थिकस्तर केहीहद सम्म भएपनि बृद्धि गरेको हामीलाई विश्वास छ ।

कृषि, पशुपालन जस्ता अन्य उत्पादनमूलक क्षेत्रहरुमा विषेश जोड दिंदै नगरबासीको आर्थिकस्तर उकास्न नगरपालिकामा धेरै कामहरु भएको जानकारी गराउँदै लेखा अधिकृत बृहस्पति घिमिरेले निर्वाहमुखि कृषिलाई आधुनिक कृषि प्रणालीमा रुपान्तरण, उत्पादन र उत्पादकत्व बृद्धिमा प्रवद्र्धन, प्रारङगारिक मलको प्रयोगमा प्रोत्साहन, कृषि भूमिको संरक्षण, बाँझो जमिनको उपभोग, चक्लाबन्दी, बगरखेती तथा करार खेतीलाई प्रोत्साहन, साना सिंचाई कार्यक्रम सञ्चालन, एक वडा एक उत्पादन निती कार्यान्वयन, सम्भाव्यताको आधारमा पकेट क्षेत्रको निर्माण, यान्त्रीकरणको विस्तार, सकड स्तरोन्नती, उत्पादनको बजारीकरणमा समन्वय, साना तथा घरेलु उद्योग सञ्चालन र संरक्षणमा जोड, उत्पादनशिल क्षेत्रहरुको प्रवद्र्धन, भूमि व्यवस्थापन, सहकारी तथा वित्तीय क्षेत्र, रोजगारी तथा गरिबी निवारण जस्ता कार्यक्रमहरुले नगरपालिका र पालिकाबासीको आर्थिक विकास ठुलो भूमिका खेल्ने अन्य थुप्रै योजनाहरु कार्यान्वयनमा आएको बताए ।

- Advertisement -spot_img

थप लेखहरू

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

नवीनतम लेख