रुरुक्षेत्र गाउँपालिकाको चालु भन्दा पुँजीगत खर्च धेरै

बुटवल । रुरु क्षेत्र गाउँपालिका गुल्मीले चालु आर्थिक बर्ष २०८१/८२ मा चालु भन्दा पुँजीगत खर्च धेरै गरेको छ । गाउँपालिकाले चालुतर्फ ८८ दशमलव ८८ प्रतिशत खर्च गरेको छ भने पुँजीगततर्फ ९४ दशमलव ९५ प्रतिशत खर्च गरेको छ । स्थानीय तहहरुमा चालु भन्दा पुँजीगत खर्च धेरै हुनुलाई राम्रो मानिन्छ । प्राय सम्भवतः चालुखर्च कम गर्दै पुँजीगतखर्च बढी गर्नेतर्फ जोड दिएका हुन्छन् ।

गाउँपालिकाका लेखा प्रमुख हेम बहादुर कार्कीले गाउँपालिकाले चालु आर्थिक बर्षमा कूल ५७ करोड ९१ लाख ३५ हजार चार सय ४४ रुपैयाँ विनियोजन गरेकोमा चालुतर्फ ३७ करोड ४६ लाख आठ हजार चार सय ५५ रुपैयाँ विनियोजन गरेकोमा ३३ करोड २९ लाख ४२ हजार नौं सय १३ रुपैयाँ खर्च गरेको छ भने पुँजीगत तर्फको कूल २० करोड ४५ लाख २६ हजार नौं सय ८९ रुपैयाँमा १९ करोड ४२ लाख आठ हजार चार सय ६९ रुपैयाँ जानकारी गराउँदै कार्कीले समग्रमा पालिकाले ९१ दशमलव ०२ प्रतिशत वित्तीय प्रगति गरेको जानकारी गराए ।

- Advertisement -spot_img

थप लेखहरू

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

नवीनतम लेख