बुटवल । छत्रकोट गाउँपालिका, गुल्मीले चालु आर्थिक बर्ष २०८१/८२ मा ९५ प्रतिशत भन्दा धेरै पुँजीगत खर्च गरेको छ । गाउँपालिकाले चालु आवमा कूल ५४ करोड ११ लाख ८७ हजार पाँच सय २७ रुपैयाँ बजेटमा पुँजीगततर्फ छुट्याईएको १८ करोड ८६ लाख ४७ हजार एक सय ५० रुपैयाँ मध्ये १७ करोड ९४ लाख २८ हजार पाँच सय ७० रुपैयाँ अर्थात ९५ दशमलव ११ प्रतिशत खर्च गर्न सफल भएको छ ।
गाउँपालिकाका लेखा अधिकृत सन्तोष जिसीले गाउँपालिकाले आर्थिक बर्षको सुरुमै चालु खर्चलाई कम गर्दै पुँजीगत खर्च अधिक मात्रामा गर्ने रणनीति लिए अनुसार चालुतर्फ विनियोजित कूल बजेटको ८८ दशमलव ७८ प्रतिशत अर्थात ३१ करोड २९ लाख ९२ हजार एक सय पाँच रुपैयाँ खर्च भएको जानकारी गराउँदै समग्रमा चालु आर्थिक बर्षमा चालु र पुँजीगत गरी कूल ४९ करोड २४ लाख २० हजार छ सय ७५ रुपैयाँ अर्थात ९० दशमलव ९८ प्रतिशत वित्तीय प्रगति भएको बताए ।



